हत्या अभियोगमा सिरहाको दुई पक्राउ

  • साउन २९, २०८०
  • १२४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ साउन २८ गते सिरहा  । सिरहा प्रहरीले कुर्मीको हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्। मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए। प्रहरीले घटनास्थल नजीकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल,प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मलेन मार्फत जनाएको छ। प्रहरीले चोरी गर्ने उदेश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ। पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...