हत्या अभियोगमा सिरहाको दुई पक्राउ

  • श्रावण २९, २०८०
  • ९७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ साउन २८ गते सिरहा  । सिरहा प्रहरीले कुर्मीको हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्। मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए। प्रहरीले घटनास्थल नजीकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल,प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मलेन मार्फत जनाएको छ। प्रहरीले चोरी गर्ने उदेश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ। पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...