कदमाहामा उपराष्ट्रपतिद्वारा अस्पतालको उद्दघाटन कार्यक्रम

  • श्रावण २८, २०८०
  • ३२२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा ।साउन २७ । सप्तरीको कदमाहामा करिब ३० करोडको लागतमा निर्माण गरिएको जिनिस हस्पिटलको उद्दघाटन समारोहमा सम्माननिय उपराष्ट्रपति सहभागी हुने भएको छ । सप्तरी जिल्लाको सुरुङ्गा ५ को कदमाहामा सुबिधा सम्पन्न हस्पिटलको रूपमा जिनिस हस्पिटल निर्माण भएपछि उद्दघाटन समारोहमा सरिक हुनका लागि उपराष्ट्रपति कदमाहा आउने निश्चित भएको स्रोतले जनाएको छ । कदमाहास्थित पुर्व पक्षिम्म राजमार्गको समीप करिब १३ कठ्ठा क्षेत्रफलमा करिब ३० करोडको लागतमा निर्माण गरिएको १०० बेडकाे सुबिधा सम्पन्न् नवनिर्मित हस्पिटलको उपराष्ट्रपतिले समुद्घघाटन गरिने भएको छ । सिरहाको लहान देखि करिब ५ कि.मी पूर्वमा रहेको उक्त १०० सैयाको ICU/NICU सहितको जिनिस हस्पिटलले आफ्नो उद्दघाटन समारोहको उपलक्ष्यमा १ महिनासम्म विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको जिनिस हस्पिटलका डाक्टर बिजिन्द्र यादबले जानकारी गराउनु भएको छ । आकस्मिक सेवा लगायत तपशिलका सेवाहरु समेत रहेको यस हस्पिटलको स्थापनाले सिराहा ,सप्तरी र उदयपुर सम्मका समाजमा सेवा पुग्ने देखिन्छ । १. नि: शुल्क ओ.पि.डी सेवा २. निःशुल्क इमेजेन्सी सेवा ३. निःशुल्क नर्मल डिलेभरी सेव ४. नि: शुल्क वेड भर्ना सेवा ५. निःशुल्क प्रेसर र सुगर जाँच सेवा ६. निःशुल्क दिशा र पिसाब जाँच सेवा

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...