कदमाहामा उपराष्ट्रपतिद्वारा अस्पतालको उद्दघाटन कार्यक्रम

  • साउन २८, २०८०
  • ५०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा ।साउन २७ । सप्तरीको कदमाहामा करिब ३० करोडको लागतमा निर्माण गरिएको जिनिस हस्पिटलको उद्दघाटन समारोहमा सम्माननिय उपराष्ट्रपति सहभागी हुने भएको छ । सप्तरी जिल्लाको सुरुङ्गा ५ को कदमाहामा सुबिधा सम्पन्न हस्पिटलको रूपमा जिनिस हस्पिटल निर्माण भएपछि उद्दघाटन समारोहमा सरिक हुनका लागि उपराष्ट्रपति कदमाहा आउने निश्चित भएको स्रोतले जनाएको छ । कदमाहास्थित पुर्व पक्षिम्म राजमार्गको समीप करिब १३ कठ्ठा क्षेत्रफलमा करिब ३० करोडको लागतमा निर्माण गरिएको १०० बेडकाे सुबिधा सम्पन्न् नवनिर्मित हस्पिटलको उपराष्ट्रपतिले समुद्घघाटन गरिने भएको छ । सिरहाको लहान देखि करिब ५ कि.मी पूर्वमा रहेको उक्त १०० सैयाको ICU/NICU सहितको जिनिस हस्पिटलले आफ्नो उद्दघाटन समारोहको उपलक्ष्यमा १ महिनासम्म विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको जिनिस हस्पिटलका डाक्टर बिजिन्द्र यादबले जानकारी गराउनु भएको छ । आकस्मिक सेवा लगायत तपशिलका सेवाहरु समेत रहेको यस हस्पिटलको स्थापनाले सिराहा ,सप्तरी र उदयपुर सम्मका समाजमा सेवा पुग्ने देखिन्छ । १. नि: शुल्क ओ.पि.डी सेवा २. निःशुल्क इमेजेन्सी सेवा ३. निःशुल्क नर्मल डिलेभरी सेव ४. नि: शुल्क वेड भर्ना सेवा ५. निःशुल्क प्रेसर र सुगर जाँच सेवा ६. निःशुल्क दिशा र पिसाब जाँच सेवा

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...