जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट

  • श्रावण २८, २०८०
  • २५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित भएको छ ।आर्थिक वर्ष २०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोसी प्रदेश अन्तर्गत सम्पुूणर् जिल्ला प्रहरी कार्यालयहरू मध्ये सुनसरी सर्वोत्कृष्ट हुन सफल भएको हो । सर्वोत्कृष्ट भएको सुनसरी प्रहरीलाई कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुनसरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् । विराटनगरमा शुक्रवार आयोजित सम्मान कार्यक्रममा बास्तोलाले ढकाललाई उत्कृष्ट कार्यसम्पादन गरेको प्रशंसा पत्रबाट सम्मान गरेका हुन । गत वर्षको साउन २० गते देखी सुनसरी प्रहरीको कार्यभार सम्हालेका प्रहरी उपरीक्षक ढकालले एक वर्षको कार्यकालमा सबैको साथ सहयोगमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...