नार्कद्वारा नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’ भेटिएको पुष्टि ने नार्कद्वारा गोलभेंडाको नयाँ रोग ‘टार्गेट स्पट’ मा अनुसन्धान सुरु

  • श्रावण २५, २०८०
  • २२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् । गतबर्ष काभ्रेको पनौतिमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पट सँग मिल्दोजुल्दो देखिए पनि सङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो । हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ । नार्क अन्तरगतको राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खडकाले किसानबाट गोलभेडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । ‘सुरुमा किसानहरुले व्याक्टेरिया भनेर बिषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौ’ बैज्ञानिक खडकाले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं । त्यसपछि डिएनए परीक्षण गरेर पिसिआर गर्यौं । त्यसपछि हङकङमा सिक्वेन्सिङ गरेर थप प्रमाणित गर्ने काम गर्यांै ।’ हामीले अनुसन्धान गर्दा टार्गेट स्पोट रोग पता लागेको र त्यसका लागि म्यान्कोजेब र कपर अक्सिक्लोराइड ढुसीनासक बिषादी त्यसमा प्रयोग गर्न सिफारिस गरेको उनले बताए । यसमा थप अनुसन्धान जारी नै रहेको उनले बताए । यो रोगबाट बचाउन बिरुवा देखि बिरुवा सम्मको दुरी प्रशस्त राख्ने, नियमित झारपात हटाउने, बिरुवाको काँटछाँट गरी सरसफाइ गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने र फोहोरा सिँचाइ नगर्ने गर्दा रोगको प्रकोप घटाउन सकिने डा. खडकाले जनाएका छन् । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज बैद्यले यस्तै रोग गोलभेडामा पहिले पनि छिटपुट देखिने गरेको तर अरु रोगसँग मिल्दाजुल्दा लक्षणका कारण किटान गर्न नसकिएको बताए । हाल आएर किसानले गुनासो गरेपछि गहिरो अनुसन्धान गर्दा नयाँ रोग फेला परेको बैद्यले बताए । उक्त केन्द्रका अनुसार यो रोग आद्र्र मौसममा बढी देखिन्छ । यो रोग लागेमा पातमा स–साना खैरा थोप्ला देखिन्छन् र बढदै जान्छन् । यस्ता थोप्लाहरु पातको मुख्य नसा वरिपरि बढी देखिन्छन् । यो रोगको लक्षण प्रायः तलका, पुराना र भित्र पट्टिका पातहरूबाट सुरु हुन्छ र बिस्तारै रोगले डाँठ र फलमा पनि सङ्क्रमण गर्ने गर्छ । सङ्क्रमण बढी भएको अवस्थामा पात र डाँठ जोड्ने भागमा खैरो घेरा बनी बिरुवा बाट पात सजिलै छुट्टिन्छ । रोगको संक्रमण अत्याधिक भएमा पात र डाठ पुरै मर्ने हुँदा समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । यस रोगको कारक ढुसी खेतमा गोलभेँडा नभएको बेला झारहरू र गोलभेँडाका अवशेषहरूमा बाँच्ने गर्दछ । मौसम आद्र्र, तापक्रम बढेको बेला र पातहरू लामो समय सम्म भिजिरहने अवस्थामा ढुसीले सङ्क्रमण गर्न सुरु गर्दछ । खास गरी पानीको थोपाहरू र हावाले ढुसीका बीजाणुहरूलाई स्वस्थ बिरुवासम्म लैजाने गर्दछन् । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा हालसालै केही नयाँ रोग र किराहरु फेला पर्ने क्रम जारी रहेको र यसबाट सरोकारवालाहरु सजग रहनुपर्ने आवश्यक रहेको जनाएका छन् । उनले बिभिन्न बीउबिजनको बिना क्वारेन्टिन लुकाइछिपाइ पैठारी, जलवायु परिवर्तन र बदलिएका खेतीपातीका तौरतरिकाका कारण यस्ता समस्या देखिने गरेको हुनाले समयमै किसानले कुनै सङ्कास्पद रोगका लक्षण देखिएमा सूचना दिंदा समयमै अनुसन्धान गरी ती रोगको निदान र व्यवस्थापन विधि उपलब्ध हुने बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...