नार्क र केमोनिक्स इन्टरनेशनलका प्रतिनिधि बीच नेपालको कृषिको रुपान्तरण बारे छलफल

  • साउन २१, २०८०
  • ४१५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र युएसएडको सहयोगमा नेपालमा कषिको रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने केमोनिक्स इन्टरनेशलनका प्रतिनिधिका बीचमा दुई पक्षीय सहकार्य गर्ने बारेमा विस्तृत छलफल भएको छ । छलफलमा नेपालको कषि अनुसन्धान प्रणाली बारे जानकारी गराउँदै नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सहकार्य गर्न सकिने विविध पक्षहरुको जानकारी गराएका छन् । उनले नेपालको कषि अनुसन्धान प्रणालीको क्षमता, नीतिगत अवसर र समस्याहरु, संघीय संरचनाहरुको बीचमा प्रविधि प्रसारमा समन्वय, मूल्य एवम् आपूर्ति श्रृखंला र व्यवस्थापन तथा उत्पानोपरान्तका क्षति न्यूनीकरणमा सहकार्यको खाँचो रहेको औल्याए । केमोनिक्स इन्टरनेशनलको तर्फबाट ग्लोबल एग्रीकल्चर प्राक्टिसका निर्देशक जिनमाईकल भोइसार्डले यो कार्यक्रमले नार्कका विविध पक्षहरुमा क्षमता अभिवृद्धि गर्न चाहेको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने प्रविधिहरु र तिनको प्रसार, अनुसन्धानका तथ्यांकहरुको व्यवस्थापन, जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि कृषि विमा जस्ता जल्दाबल्दा समस्याहरुलाई नार्कले तय गरेका प्राथमिकतासँग जोडेर सहकार्य गर्न उपयुक्त हुने बताए । नार्कका वाली तथा वागवानी निर्देशक डा. कृष्णकुमार मिश्रले नार्कले विकास गरेको प्रविधिहरुमा किसानको पहुँच बढाउँन यो सहकार्य आवश्यक रहेको बताए । नार्कका बैज्ञानिक एवं अनुसन्धानकर्ता डा.रामबहादुर खडकाले यो सहकार्यले विद्यमान कषिका चुनौतिहरु जस्तै उत्पादन बृद्धि, जलवायु परिवर्तन, सघन कृषि, मौषममा आधारित विमा जस्ता बिषयमा भविष्यमा परियोजनाहरु सञ्चालन गर्न नार्कलाई सहयोग पुग्ने बताए । राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो सहकार्यले कृषिका विविध बिषयका अतिरिक्त नेपालमा कषि सूचना प्रणालीको विस्तारमा पनि सहयोग पुग्ने बताए । उक्त छलफलमा नार्कको तर्फबाट योजना प्रमुख डा.टेकप्रसाद गोतामे, केमोनिक्सका तर्फबाट म्याट स्वाइन, निरुता बस्नेत, कविता कौर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...