खानेपानी मन्त्रालयको नाम अब खानेपानी तथा सरसफाइ मन्त्रालय राख्न मन्त्री परिषदको निर्णय

  • श्रावण १६, २०८०
  • २७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खानेपानी मन्त्रालयको नाम अब ‘खानेपानी तथा सरसफाइ मन्त्रालय’ हुने भएको छ । खानेपानी मन्त्रालयमा अब सरसफाइ जोडिएपछी सरसफाइ अभियन्ताको लागि खुसीको खबर भएको आफ्नो समाजिक संजालमा स्ट्याटस लेख्दै  सरसफाइ तथा समाजिक अभियन्ता साह धिरेन्द्र कुमारले बताएका हुन । सरसफाइ मन्त्रालयको नाम परिवर्तन गरी ‘खानेपानी तथा सरसफाइ मन्त्रालय’ राख्नका लागि मन्त्री स्तरको निर्णय गरी मन्त्रीपरिषदमा पठाईसकेको खानेपानी मन्त्री महिन्द्र राय यादवले बताउनुभयो । मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तर सम्बन्ध सम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको बैठकमा मन्त्री यादवले नाम परिवर्तन गर्ने प्रस्ताव मन्त्री परिषदमा पठाई सकिएकाले जुनसुकै बेला पारित हुनसक्ने बताउनुभयो । मन्त्रालयको उक्त प्रस्तावलाई सबै प्रदेशको खानेपानी तथा सरसफाइ हेर्ने मन्त्रीले समेत समर्थन गर्नुभयो । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बक्तव्यमा उल्लेख भए अनुसार राष्ट्रिय सरसफाइ तथा स्वच्छता अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संघीय खानेपानी मन्त्रालय तथा सबै प्रदेशका बिषयगत मन्त्रालयहरुको आपसी समन्वयमा कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, पूर्ण सरसफाइयुक्त नेपाल निर्माणका लागि दिसाजन्य लेदो व्यवस्थापन, फोहोरपानी प्रशोधन र सार्वजनिक शौचालय निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...