खानेपानी मन्त्रालयको नाम अब खानेपानी तथा सरसफाइ मन्त्रालय राख्न मन्त्री परिषदको निर्णय

  • साउन १६, २०८०
  • ४१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खानेपानी मन्त्रालयको नाम अब ‘खानेपानी तथा सरसफाइ मन्त्रालय’ हुने भएको छ । खानेपानी मन्त्रालयमा अब सरसफाइ जोडिएपछी सरसफाइ अभियन्ताको लागि खुसीको खबर भएको आफ्नो समाजिक संजालमा स्ट्याटस लेख्दै  सरसफाइ तथा समाजिक अभियन्ता साह धिरेन्द्र कुमारले बताएका हुन । सरसफाइ मन्त्रालयको नाम परिवर्तन गरी ‘खानेपानी तथा सरसफाइ मन्त्रालय’ राख्नका लागि मन्त्री स्तरको निर्णय गरी मन्त्रीपरिषदमा पठाईसकेको खानेपानी मन्त्री महिन्द्र राय यादवले बताउनुभयो । मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तर सम्बन्ध सम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको बैठकमा मन्त्री यादवले नाम परिवर्तन गर्ने प्रस्ताव मन्त्री परिषदमा पठाई सकिएकाले जुनसुकै बेला पारित हुनसक्ने बताउनुभयो । मन्त्रालयको उक्त प्रस्तावलाई सबै प्रदेशको खानेपानी तथा सरसफाइ हेर्ने मन्त्रीले समेत समर्थन गर्नुभयो । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बक्तव्यमा उल्लेख भए अनुसार राष्ट्रिय सरसफाइ तथा स्वच्छता अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संघीय खानेपानी मन्त्रालय तथा सबै प्रदेशका बिषयगत मन्त्रालयहरुको आपसी समन्वयमा कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, पूर्ण सरसफाइयुक्त नेपाल निर्माणका लागि दिसाजन्य लेदो व्यवस्थापन, फोहोरपानी प्रशोधन र सार्वजनिक शौचालय निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...