साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग , रङे हात समातियो एक सहकारी

  • असार २५, २०८०
  • ६१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं, असार २५ । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए । सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजादै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघका सचिव शाहले बताए । एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो । कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उनले बताए । पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सयसम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ । साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ । चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ । साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस बिषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बताए । यस बिषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । यता रासायनिक मलको दुरुपयोग भएको बिषयलाई कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । अनुदानको मल बितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ । पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन दिएका छन् । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दु:खद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आएका छन् । यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...