नार्कको कार्यकारी निर्देशक डा.भट्टराई एलाइन्सको उपाध्यक्षमा निर्वाचित

  • असार २४, २०८०
  • २४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका छन् । चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदानबाट डा. भट्टराई उपाध्यक्षमा निर्बाचित भएका हुन् । करिब १५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाइ निर्बाचित भएका हुन्। डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका अध्यक्ष पनि हुन् । त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन गरि चयन गरेको छ । सो एलाइन्सले समग्र पर्बतिय क्षेत्रको बिकासमा काम गर्दै आएको छ। पर्बतिय क्षेत्रमा बसोबास गर्ने जनताको जिबनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र शिप आदानप्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...