नार्कको कार्यकारी निर्देशक डा.भट्टराई एलाइन्सको उपाध्यक्षमा निर्वाचित

  • असार २४, २०८०
  • ४१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका छन् । चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदानबाट डा. भट्टराई उपाध्यक्षमा निर्बाचित भएका हुन् । करिब १५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाइ निर्बाचित भएका हुन्। डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका अध्यक्ष पनि हुन् । त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन गरि चयन गरेको छ । सो एलाइन्सले समग्र पर्बतिय क्षेत्रको बिकासमा काम गर्दै आएको छ। पर्बतिय क्षेत्रमा बसोबास गर्ने जनताको जिबनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र शिप आदानप्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...