अर्नमामा दलित तथा मुसहर समुदायलाई नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम सप्पन्न

  • असार १४, २०८०
  • ९८ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / १३ असार ,सिरहा । सिरहाको अर्नमामा दलित तथा मुसहरहरुलाई स्थानीय तहको सार्वजनिक सेवामा नेतृत्व बिकास सम्बन्धि जनचेतनामुलक दुई दिने तालीम कार्यक्रम सप्पन्न गरिएको छ । IMG20230627140140 दलित तथा मुसहरहरु आफ्नो हक अधिकार प्रती अझै सचेत नभएको देखिएपछि उनिहरुको जनचेतनाको लागी अर्नामा गाउँपालिका वडा नम्बर २ र ३ मा गरि दुई दिन उक्त नेतृत्व बिकास सम्बन्धि तालिम कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा जनप्रतिनिधिहरुले कार्यक्रमको शुभकामना गरेका थिए । IMG20230627151441 वडा बाट ४० जना दलित तथा मुसहरहरुलाई सहभागी गराई उनीहरुलाई स्थानीय तहको सार्वजनिक सेवामा पहुँचको लागी जनचेतना गराएका थिए । सभ्य र भब्य शान्त वातावरणमा गरिएको उक्त कार्यक्रम अर्नामा गापाको सहयोग तथा नेपाल महिला उत्थान समाज बिष्णुपुरको आयोजनामा संचालन गरिएको कार्यक्रम एक संयोजक , दुई प्रशिक्षक र एक सहजकर्ता राखी अभिमुखिकरण गराउँदै सम्पन्न गरिएको थियो । यस्तै कार्यक्रमहरु समय समयमा हुनुपर्ने आवश्यकता दलित तथा मुसहर समुदायका सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...