अर्नमामा दलित तथा मुसहर समुदायलाई नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम सप्पन्न

  • असार १४, २०८०
  • २५४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / १३ असार ,सिरहा । सिरहाको अर्नमामा दलित तथा मुसहरहरुलाई स्थानीय तहको सार्वजनिक सेवामा नेतृत्व बिकास सम्बन्धि जनचेतनामुलक दुई दिने तालीम कार्यक्रम सप्पन्न गरिएको छ । IMG20230627140140 दलित तथा मुसहरहरु आफ्नो हक अधिकार प्रती अझै सचेत नभएको देखिएपछि उनिहरुको जनचेतनाको लागी अर्नामा गाउँपालिका वडा नम्बर २ र ३ मा गरि दुई दिन उक्त नेतृत्व बिकास सम्बन्धि तालिम कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा जनप्रतिनिधिहरुले कार्यक्रमको शुभकामना गरेका थिए । IMG20230627151441 वडा बाट ४० जना दलित तथा मुसहरहरुलाई सहभागी गराई उनीहरुलाई स्थानीय तहको सार्वजनिक सेवामा पहुँचको लागी जनचेतना गराएका थिए । सभ्य र भब्य शान्त वातावरणमा गरिएको उक्त कार्यक्रम अर्नामा गापाको सहयोग तथा नेपाल महिला उत्थान समाज बिष्णुपुरको आयोजनामा संचालन गरिएको कार्यक्रम एक संयोजक , दुई प्रशिक्षक र एक सहजकर्ता राखी अभिमुखिकरण गराउँदै सम्पन्न गरिएको थियो । यस्तै कार्यक्रमहरु समय समयमा हुनुपर्ने आवश्यकता दलित तथा मुसहर समुदायका सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...