स्व. उषा कुमारी साहको ११ औं स्मृति दिवस

  • असार १४, २०८०
  • २२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा सहिद राजेश ठाकुर अधारभुत बिदालय स्थापनाको लागि जग्गा दान गरेकी स्व. उषा कुमारी साहको ११ औं स्मृति दिवस मानाईएका छन । सिरहाको बिष्णुपुर स्थित सहिद राजेश ठाकुर अधारभुत बिदालयको प्र. राम तपेश्वर साह सहित बिदालय परिवारले एक कार्यक्रमको आयोजना गरि स्व. उषा कुमारी साहको स्मृति दिवस मनाएका हुन । IMG20230627090243 स्मृति दिवसको अवसरमा स्व .उषा कुमारी साहको श्रीमान धर्मेन्द्र कुमार साह ,उनकी बुवा राम तपेश्वर साह सहित बि.ब्य.स को अध्यक्ष नथु महरा र स्वराज मिडिया प्रा. लि का संचालक पत्रकार राम पुकार यादवले प्रत्येक बर्ष निरन्तर रुपमा जग्गा दाता स्व. उषा साहको स्मृति दिवस मनाउन एउटा कोषको स्थापना गर्नुपर्ने भन्दै उनिहरुले दस दश हजार र पाँच पाँच हजार रुपैया दिने घोषणा गरेका हुन । किताब पसल थापेर आफ्नो जोहो गर्दै आएकी उषा कुमारी साहले बिदालयको स्थापनाको लागी जग्गा दान गरेर बिदालय त बनाईन तर तिनको अल्पायुमा नै देहान्त भयो ।त्यसैले स्व. स्व.उषा कुमारी साहको स्मृति दिवस प्रत्येक बर्ष हुनेपर्ने विद्यार्थी अबिभावकहरुको कथन रहेको थियो ।IMG20230627090753 स्मृति दिवसको अवसरमा नै विभिन्न शिक्षक शिक्षिका ,बिदालयका समिती र मिडियाकर्मिहरुलाई गम्छाले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...