सिरहामा ट्राफिकको लिला रास लिला जस्तै

  • जेठ १९, २०८०
  • ५९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/सिरहा । सिराहामा ट्राफिक प्रहरीले रास लिला गरेको देखिएको छ । पदिय मर्यादा बिपरित टोपि नलागाई सेल्फी मोडलमा आफू प्रदर्शित हुँदै अनावश्यक रकम जनता सँग असुल्न कन्टाहा जस्तै जजमानको खोजिमा उभिएर रास लिला गरेको एक सेबाग्राही बताउँछन ।आर्थिक मन्दिका कारण हैरान जनताले सिरहा ट्राफिकको रबैया देखेर झन हैरान भएका छन । यतिबेला सदरमुकाम सिरहा ट्राफिक बिटका प्रहरिले अनाहकमा रकम असुलि गरि हैरानि गरिरहेको स्थानियहरुको आरोप रहेका छन । मुख्य सडक सिरहा-चोहर्बा सडक खणडमा दिन प्रतिदिन दुर्घटना बढिरहेको बेला चेकजाच नगरि गाउँघरको चोरबाटोमा चेकिङ्ग गरिरहेका छन । स्थानिय सिरहा न.पा-२ का दिपेश यादबले ट्राफिक प्रहरिले १५ सयको रसिद काटिदिने धम्काउछन पछि बार्गेनिङ सुरु गरेर बिना रसिद ५ सयमा काम चलाउछन । नामको ब्याच समेत नलगाइ फिल्मि सैलमा डन झै चाभि खोसेर तर्साउने गरेका छन । अर्थतन्त्रले धरायसि परेका सर्बसाधारणको लागि नकुनै जनचेतना, नसम्झाइ -बुझाइ राज्स्व सन्कलन गर्ने भनि पैसा उठाइरहेको सर्बसाधारण आजित भएका छन । दिउसो तिर बन्दै गरेको निमाणाधिन अस्तब्यस्त हुलाकी सडकमा छडके चेक-जाचको नाउमा गर्मिले अचेत अबस्थाका रहेको एक बिरामिलाइ अस्पताल लगिरहेको अबस्थामा समेत जबरज्स्ति जरिबाना तिराएका गुनासो पोखे । मानबता समेत बिर्सेर अनाहकमा दु:ख दिइरहेको ट्राफिक प्रहरि बेलैमा नसच्चिए ट्राफिक विरुद्धको आन्दोलन गर्न बाद्य्य हुने बताए । ट्राफिक प्रहरीको काम सधंै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनुमात्र होइन, ट्राफिक प्रहरीले गर्नुपर्ने तथा सघाउ पुर्‍याउनुपर्ने कार्य धेरै छन् । बाटामा जति पनि चौपाया छन्, तिनको अवस्था निर्मूल पार्नुपर्छ । यसो गर्नाले फोहोर तथा दुर्घटना सडकमा कम हुन जान्छ । यसका लागि सरकार तथा सम्बन्धित निकायले प्रहरी, ट्राफिकलाई सहयोग गर्नुपर्छ । तर, यो मुलुकमा एकअर्कालाई सहयोग गर्ने राम्रो संस्कार नै छैन । यसमा जनमानसको सहयोगको पनि उत्तिकै खाँचो छ । यति मात्र होइन, प्रतिपक्षहरूले पनि यसमा आवाज उठाउनुपर्छ । सधैं डाहको भावना लिएर, अनावश्यक चेतावनी दिएर बस्ने होइन, जब कि आफ्नो कार्यकालमा केही गर्न सकेन । अहिलेको परिप्रेक्ष्यमा टोलटोल सफा राख्ने सर्वसाधारणका लागि पत्रिकारहरू, स्कूल, क्याम्पस, हस्पिटल, कार्यालयमा तथा टोलटोलमा टाँँस्नु, बटुवालाई शुद्धपानी खाने धारा राख्ने, सवारी कोचाकोच समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पु¥याउनुपर्छ । यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने हो भने यो समस्या कुनै ठूलो समस्या होइन ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...