आत्मनिर्भरताको लागि शिपमुलक तालिम

  • वैशाख २२, २०८०
  • ६६४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । महिलाहरूलाई क्षमता अभिवृद्धि तथा दक्ष बानाई आत्मनिर्भर गर्न सिरहाको बिष्णुपुरमा १ महिने सिपमुलक सिलाईकटाई तालिम भएको छ । बेरोजगारी समस्या तथा सीप सशक्तीकरणको बिषयहरु अलि झुर हुँदै गएको देखेपछि पालिकाको महिलाहरूलाई सशक्त गर्न सिरहाको बिष्णुपुरमा गाउँपालिका स्तरीय सिलाईकटाई तालिम संचालन गरिएको हो । तालिममा पालिका अन्तर्गतको पचास जना महिलाहरूलाई सहभागी गराई १ महिने तालिम दिएको हो । आ. ब. २०७९/०८० को स्वीकृत लक्षित तर्फको बजेट अनुसार सो तालिमा संचालन गरि सम्पन्न गरिएको हो । २०७९ चैत १९ गते देखी भब्य रुपमा उद्घाटन गर्दै संचालन गरिएको सिपमुलक सिलाईकटाई तालिम २०८० बैशाख १९ गते शान्त बाताबरणमा उपलब्धिमुलक तरिका बाट सम्पन्न गरिएको हो । तालीममा बिष्णुपुर गाउँपालिकाको प्रत्येक वडा बाट १०/ १० जना महिलाहरुलाई सहभागी गराएको थियो भन्ने तालिम बिष्णुपुर गाउँपालिकाको सहयोग तथा नेपाल महिला उत्थान समाज संस्थाको आयोजनामा संचालन भएको थियो । तालिमको उद्घाटन तथा समापन बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा भएको थियो भन्ने पालिका स्थित वडा अध्यक्षहरु लगायत स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधिहरुको सक्रिय उपस्थितिमा गरिएको थियो । तालिमको अध्यक्षता भन्ने संस्थाकि अध्यक्ष ममता कुमारी यादवले गरेकि थिईन । सिपमुलक तालिम आजको आवश्यकता रहेको छ । सहभागीहरुले अठोटको साथ बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...