आत्मनिर्भरताको लागि शिपमुलक तालिम

  • बैशाख २२, २०८०
  • ६६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । महिलाहरूलाई क्षमता अभिवृद्धि तथा दक्ष बानाई आत्मनिर्भर गर्न सिरहाको बिष्णुपुरमा १ महिने सिपमुलक सिलाईकटाई तालिम भएको छ । बेरोजगारी समस्या तथा सीप सशक्तीकरणको बिषयहरु अलि झुर हुँदै गएको देखेपछि पालिकाको महिलाहरूलाई सशक्त गर्न सिरहाको बिष्णुपुरमा गाउँपालिका स्तरीय सिलाईकटाई तालिम संचालन गरिएको हो । तालिममा पालिका अन्तर्गतको पचास जना महिलाहरूलाई सहभागी गराई १ महिने तालिम दिएको हो । आ. ब. २०७९/०८० को स्वीकृत लक्षित तर्फको बजेट अनुसार सो तालिमा संचालन गरि सम्पन्न गरिएको हो । २०७९ चैत १९ गते देखी भब्य रुपमा उद्घाटन गर्दै संचालन गरिएको सिपमुलक सिलाईकटाई तालिम २०८० बैशाख १९ गते शान्त बाताबरणमा उपलब्धिमुलक तरिका बाट सम्पन्न गरिएको हो । तालीममा बिष्णुपुर गाउँपालिकाको प्रत्येक वडा बाट १०/ १० जना महिलाहरुलाई सहभागी गराएको थियो भन्ने तालिम बिष्णुपुर गाउँपालिकाको सहयोग तथा नेपाल महिला उत्थान समाज संस्थाको आयोजनामा संचालन भएको थियो । तालिमको उद्घाटन तथा समापन बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा भएको थियो भन्ने पालिका स्थित वडा अध्यक्षहरु लगायत स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधिहरुको सक्रिय उपस्थितिमा गरिएको थियो । तालिमको अध्यक्षता भन्ने संस्थाकि अध्यक्ष ममता कुमारी यादवले गरेकि थिईन । सिपमुलक तालिम आजको आवश्यकता रहेको छ । सहभागीहरुले अठोटको साथ बताए ।

प्रतिक्रिया दिनुहोस

अध्यक्ष बनैताको कार् ...

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार म ...

सिरहाको चोहर्वा,गोलब ...

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित ...

भ्रस्टाचार विरुद्ध स ...

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै ...