सिरहामा पारा मेडिकल कार्यक्रम

  • बैशाख १७, २०८०
  • १९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा,१७ वैशाख । आर्या फर्मा ल्याब प्रालिको आयोजना र मनिष मेडिसिन सेन्टर सिरहाको समन्वयमा एकदिने पारा मेडिकल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम सिरहामा रहेको मनिष मेडिसिन सेन्टरको प्राङ्गणमा भएको सो कार्यक्रममा सिरहा नगरपालिकाका नगर प्रमुख डा.नवीन कुमार यादवले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर विशेष प्रकारका करीकामहरु ल्याउन लागेको बताए । ' विगतका दिनमा यो फर्मासंग जुडेर स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको छु,' नगर प्रमुख यादवले भने,' राम्रो औषधि उत्पादन गरेपछि मूल्यांकनमा नेपालमा तेश्रो स्थान हासिल गरेको छ । ' सुखी जीवनका लागि पैसा कमाउनु राम्रो हो । सबैले कमाउ छ,' उनले भने,' आफूसँगै आफ्ना समाजका लागि योगदान गर्नुपर्ने खाँचो छ । सबैले सामाजिक रूपान्तरण खासगरी स्वास्थ्य सेवामा योगदान गर्नुपर्ने हुन्छ ।' विपन्न लक्षित गरिने स्वास्थ्य सुधारका कार्यक्रममा सहयोग गरिदिन उनले आग्रह गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका कार्यहरूमा यस फर्मले उत्पादन गर्दै आएको वस्तु तथा सेवालाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाए । खासगरी यो फर्माले औषधि उत्पादन गर्दै आएको फर्माशिष्ट विवेकानन्द भुडेरले बताए ।उत्पादित औषधि तथा सेवाबारे आउने सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने उनको दाबी छ । मनिष मेडिसिन सेन्टर सिरहाका सञ्चालक जागेश्वर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका जेनरल मेनेजर विकास बराल, विवेकानन्द भुडेर, दिलीप कुमार पटेल लगायतले कम्पनीको उत्पादित औषधि र सेवाबारे मन्तब्य तथा डेमो प्रस्तुति दिएका थिए । साथै सो डेमो तथा प्रस्तुतिमाथि सहभागिहरुले सबाल जवाफ गरेका थिए । कार्यक्रममा सिरहा र सप्तरीका औषधि पसल,हेल्थ केयर, किल्निक सञ्चालक तथा डाक्टरहरूको सहभागिता रहेको जनाइएको छ । जम्मा एक सय ९२ जनाको उपस्थिति रहेको आयोजकले थपे।

प्रतिक्रिया दिनुहोस

अध्यक्ष बनैताको कार् ...

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार म ...

सिरहाको चोहर्वा,गोलब ...

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित ...

भ्रस्टाचार विरुद्ध स ...

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै ...