पत्रकार यादवको आर्थिक पार्दशिता सराहनीय

  • वैशाख १३, २०८०
  • ४९५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / बैशाख १३, सिरहा । सिरहाका बरिस्ठ पत्रकार देब कुमार यादवले आफ्नो चुनावी खर्च विवरण पारदर्शी गरेको छ । पत्रकार यादवले चुनावी खर्च विवरण जिल्ला स्थित निर्वाचन कार्यालयमा गएर सार्वजनिक गरेको छ । पत्रकार यादवले चुनावमा गरेको खर्च विवरण निर्वाचन कार्यलयमा गएर सार्वजनिक गरेपछि चौतर्फी चर्चाको बिषय बनेको छ । उहाँले आफ्नो ब्यक्तिगत फेसबुकमा स्टयाटस लेख्दै आफुले बुझाएको खर्च विवरण खर्च बमोजिम हो बरु यस भन्दा कम हुन सक्छ तर बेसि एक पैसा पनि होइन भनेका छन ।उहाँले फेसबुक बाट आफ्ना धारणा सार्वजनिक गर्दै भनेका छन अरुहरु क कसले खर्च विवरण बुझाउँदा झुठ बोल्यो थाहा भएन तर आफू इमान ,जुवानको साथ बुझाएको लेखेका छन । उहाँ पत्रकार यादवले इमान्दारीताका साथ प्रतिनिधि सभाको चुनाव २०७९ को निर्वाचनमा २४ हजार ८ सय रुपैया खर्च गरेको समाजिक संजाल फेसबुक बाट बताएका हुन । पत्रकार यादवको यो आर्थिक पारदर्शिता सराहनीय र उदाहरणीय रहेको सिरहाको सचेत नागरिकहरुको कथन छ । यसरी नै इमानदार भएर सबैले चुनावी खर्च विवरण पारदर्शी गर्यो भने देशमा जनतालाई सुशासनको अभास हुने र विश्वनियता कायम हुने धारणा उनिहरुको रहेको छ । तर भन्ने चुनावमा हार्ने जित्नेहरुले लाखौं लाख खर्चिन्छ खर्च विवरण भन्ने कम देखाउने गरेको तर्क पनि उनिहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...