दुष्प्रचारको भ्रममा नपर्न मेयर यादवको आग्रह

  • बैशाख ११, २०८०
  • २६० पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव / १० बैशाख ,सिरहा । आफुले जनताको सेवक हो । आफुले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने कार्यहरू गरिरहदा यश विरुद्ध विभिन्न समुह र ब्यक्तिहरुले भ्रामक दुष्प्रचारमा लागेको मिर्चैया नगरपालिकाको मेयर श्रबन यादवले जनाएका हुन । मेयर यादवले मिर्चैया नगरपालिकाको विभिन्न सडक बाटो नाला बनाउन तथा हाट बजार व्यस्थित गर्न थालिएको कार्यहरू विरुद्ध फैलाईएको दुष्प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन । मेयर यादवले हिजो आइतबार मिर्चैया नगरपालिकाको पिएचसी अस्पतालको भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसरी बताएका हुन । आइतबार नगरपालिकाले त्यहाँ स्थित पिएचसी अस्पतालको भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै मिर्चैया नगरपालिकाको समसामयिक बिषय , बिकासको गतिविधि र विभिन्न विबादित समस्याहरुको बारेमा बिज्ञ्पती जारी गरेका हुन ।बिज्ञ्पतिमा मेयर यादवले मिचैया नगरपालिका वडा नं. ५ मा रहेको कि.न. २५६ को क्षेत्रफल ३-१२-१७ र २ (ख) कि.नं.६०. को ज.बि. ०-२-५-० सम्बन्धमा केही व्यक्तिहरुले दुसप्रचार गरिरहेको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको भन्दै उत्त जग्गा सम्बन्धमा भए गरेको प्रक्रियाहरु गरिएको व्यहोरा निम्न अनुसार बुदाँगत रुपमा राखिएका हुन । १. वाटो र नाला निर्माण सम्बन्धमा भएको निर्णयहरु : मिचैया नगरपालिकाको पाना चौक देखी न.पा. हुदै बतहा खोलासम्म जाने वाटो ६० फिट कायम गर्ने विषयमा मिति २०७३/०३/१०, मिति २०७४/३/७ र मिति २०७४/३/९ गते विभिन्न राजनितिक दलको प्रतिनिधि, नगरपालिकाको प्रतिनिधि, प्रहरी प्रतिनिधि, व्यापारी, समाजसेबी लगायतको उपस्थितीमा बाटो र नाला निर्माण गर्ने निर्णय भएको । २. सम्मानित उच्च अदालत जनकपुर, राजविराज इजलासको आदेश मिति २०७४/१२/२५ गते सम्मानित उच्च अदालत राजविराज इजलासको आदेशको निर्णय न ३०४ को बुँदा नं. ७ मा २(क) कि.नं. २५६ ज.वि. ३-१२-१७ जग्गा श्री ५ को सरकारको नाममा रहेको र सिरहा जिल्ला मिचैया न.पा. वडा नं. ५ मा बस्ने छक्कु साहको छोरा वर्ष ७१ को बैजनाथ साह लगायत ७ जनाले उक्त जग्गा आफ्नो रहेको भनि माग गरिएकोमा सो सम्बन्धमा आदेश जारी नभएको अर्थात उक्त जग्गा नेपाल सरकारको नाममा रहेको भनि आदेश जारी भएको । ३. कार्यपालिकाको निर्णय र सूचना प्रकाशन प्रसारण : यस मिचैया नगरकार्यपालिकाको पटकपटकको निर्णयबाट मिर्चैया नगरपालिका वडा नं. ५ साविक रामनगर (क) कि.न. २५६ मि.३-१२-१०२) को कि.नं. ६० को क्षेत्रफल ०-२-५ को सार्वजनिक जग्गामा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने निर्णय र सोही आधारमा घर टहरा हटाउन विभिन्न माध्यमबाट सूचना प्रकाशन र प्रसारण भएको । ४. घरटहरा बनाउने घरधनिहरुसंगको वार्ता र भएको निर्णय मिति २०७९फाल्गुन १ गते बसेको बैठकवाट मिति २०७९ फाल्गुन २ गते बैठक बस्ने निर्णय भए बमोजिम पुन फाल्गुन २ गते नगर प्रमुख र घर टहरा बनाएको व्यक्तिहरु विच वसेको बैठकवाट मिचैया न.पा. ५ को गुदरी बजार भन्दा दक्षिणमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको सम्पूर्ण संरचना मिति २०७९/११/२५ गतेभित्र खाली गर्ने गराउने निर्णय भएको । साथै खाली गरिसकेकोहरुको हकमा ७ दिनभित्र व्यवस्थापन गर्ने र सुकुमवासीहरुलाई नियमानुसार व्यवस्थापन गर्ने निर्णय भएको ५. नगर विकास कोषलाई परिपत्र यस कार्यालयको च.न. १३२५ मिति २०७९/११/०२ गतेको पत्रबाट उक्त जग्गामा रहेको बजार क्षेत्रलाई अनुगमन गरि व्यवस्थापन गरिदिन भनि परिपत्र भएको । ६. घर टहरा व्यवस्थापन गरिदिन भनि घर टहरा बनाएको व्यक्तिहरुको निवेदन नगरपालिकाको सूचना बमोजिम घर टहरा व्यस्थापन गर्न नगरपालिकावाटे व्यवस्थापन गराइदिनु हुन भनि केही व्यक्तिहरुको निवेदन दिनुका साथै केही व्यक्तिहरुले उक्त जग्गामा बनाईएको घरटहराको बहाल कर बुझाउन तयारी रहेको भनि निवेदन दिएको । ७. सर्वदलीय निर्णय मिति २०७९/११/६ गते बसेको सर्वदलीय बैठकबाट मिति २०७९/११/२ गते सम्बन्धित घरधनिहरुसंग भएको वार्तामा सम्बन्धित घरधनिहरुसंग थप छलफल आवश्यक परेमा सो सम्बन्धमा आवश्यक समन्वय र सहयोग गर्ने निर्णय भएको । ८. भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाको पत्र : यस कार्यालयको च.न. १३५८ मिति २०७९/११/८ गतेको पत्रबाट उक्त जग्गाको विवरण माग गरिएकोमा भूमि सुधार तथा मालपोत कार्यालय, सिरहाको च.न. ३९६२ मिति २०७९/११/०८ गतेको पत्रबाट रामनगर २(क) कि.न. २५६ क्षेत्रफल ३-१२-१७ जग्गा श्री ५ को सरकारको नाममा रहेको भनि लेखि आएको । ९. नापी कार्यालय, सिरहालाई परिपत्र यस कार्यालयको च.न. १४३० मिति २०७९ / ११ / १७ गते नापी कार्यालय सिरहाको नाममा पत्र लेखी मिचैया नगरपालिका वडा नं शक) कि.नं. २५६ ज. वि. ३-१२-१७ र २(ख) किन ६० को ज. वि. ०-२५० को जग्गा नेपाल सरकारको नाममा रहेकोले कुनै पनि व्यक्तिको नाममा नापी नगरिदिनु हुन भनि पत्राचार गरिएको साथै सो को बोधार्थ जानकारी नापी विभाग काठमाण्डौ र विशेष नापी कार्यालय, मिर्चेयालाई समेत दिएको । १०. पुनः सम्मानित उच्च अदालतको आदेश सम्मानित उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७९ फाल्गुन २१ गतेको आदेश र २०७९चैत्र २७ गतेको आदेशमा निजहरुले माग गरे वमोजिमको अन्तिरिम आदेश जारी नगरेको ।

प्रतिक्रिया दिनुहोस

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...

दिउँसै हतियार देखाएर ...

प्रदेश टाइम्स / सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहाको विष्णुपुर ...