बलेकिया मोहन र गिरिजाको आतंक

  • बैशाख ८, २०८०
  • १६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ज १ ज ३१५ नम्बरको म्याजीक सिरहा चोहर्वा सडक भएर जानुको साटो छिन् छिनमा सहायक बाटो प्रयोग गर्दै चोहर्वा पुग्दा शंका लागेपछि प्रहरीले चेक गर्दै गर्दा पत्रकारहरु पनि पुग्यो । तस्करीको समान ढुवानीमा बद्नाम भएका न्याजीक देखेपछि फोटो र भिडियो बनायो । त्यही क्रममा मोहन यादव भन्ने व्यापारी ४/५ जना युवा सहित चेक गर्ने स्थल पुगेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै तनावको अवस्था ल्याउने प्रयास गर्यो । त्यस लगत्तै मयाजिकको साहु भनेर गिरिजा भन्नेले पत्रकार बद्री नारायण यादवलाई केन्द्रित गर्दै धम्कीको भाषामा भने ' तैंले मेरो गाडी रोक्ने । तलाई ठेगाना लगाई छाड्छु । फोटो खिच्ने कसैलाई छोडदिन ।' भन्दै हातपात गर्ने प्रयास गर्दा नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवले गिरिजालाई सम्झाउन खोज्दा व्यापारी मोहन इसारामा उनले मोबाईल खोस्यो । मोबाईल फुटायो । यतिका हुँदा पनि नेपाल प्रहरीको दुई जना मात्र थियो । मिर्चैया भन्दा आधा किलोमिटर पूर्वमा घटना स्थल भएपनि थप प्रहरी बोलाउने र गिरिजा र मोहनको उग्रतालाई साम्य पार्ने खासै प्रयास गरिएन, किन ? सकल भन्सार पेपर थियो भने बाइपास बाटो प्रयोग किन? यात्रु सेवा भनेर अनुमति लिएका म्याजिकमा तस्करीको समान ढुवानी किन ? स्थानीय प्रशासनको मूल ठाउँ सदरमुकाम भएर यस्ता कार्य खुलेयाम हुँदा पनि रोकथामको प्रभावकारी कदम चलिदैन् किन ?

प्रतिक्रिया दिनुहोस

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...

दिउँसै हतियार देखाएर ...

प्रदेश टाइम्स / सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहाको विष्णुपुर ...