बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी चासो सहयोग गर्न उत्सुक

  • कार्तिक २७, २०७६
  • ३४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, कार्तिक २७ । प्रदेश नं. २को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन ।
प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन ।
तीन दिन देखी जनकपुरमा रहेको राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोली संग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएका छन ।
प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा , महिलाहरुको लागि लोक सेवा कक्षाको तैयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरि रहेका छन ।
उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोगगर्ने इच्छा व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...