काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

  • बैशाख ६, २०८०
  • २७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैशाख ६ काठमाडौं। संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष ३०७८/७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको "एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रम" अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं २ को साँखु - बज्रयोगिनी - घुमारचोक -डाँडाकटेरी -चौकिभन्ज्याङ सडकको पहिलो चरणको कालोपत्रेको काम आज, बैशाख ६ गतेबाट शुरु भएको छ। नेकपा (एकीकृत सामजवादी) अध्यक्ष तथा यस क्षेत्रका तत्कालिन सांसद माधव कुमार नेपालको आफू काठमाडौं २ को सांसद हुँदा यो सडक निर्माणका लागि २० करोड बजेट व्यवस्थापन गर्नुभएको थियो।यो सडकको निर्माण कमलजित एन्ड आर ए जेभीले गरिरहेको छ। आर्थिक बर्ष २०७८/७९का लागी २० करोड बजेट बिनियोजन भएको यो सडकको निर्माणको काम डिभिजन सडक कार्यालय काठमाडौंले ठेक्का मार्फत गरेको हो।यस आ. ब २०७९/८० मा २० करोडले करिब ३ किलोमीटर सडक कालोपत्रे गरिने डिभिजन सडक कार्यालय काठमाडौंका प्राबिधिक तुलकान्त चौधरीले बताउनुभयो।सडक निर्माणको काम साँखु स्थित धुल्ला गेटबाट शुरु गरिएको हो। करिव १ अर्ब ३० करोडको डिपिआर रहेको यो सडक खण्डको सम्पुर्ण भागको निर्माण सम्पन्न हुँदा शंखरापुर नगरपालिकाका वडाहरु २,४ र ८ गुणस्तरीय सडकमा जोडिने छन।

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...