गुनासो पछि तस्करको म्याजिक सहित प्रहरी नियन्त्रणमा

  • वैशाख ६, २०८०
  • ३७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ५बैशाख । तस्करी भइरहेको गुनासो पछि सिरहा प्रहरीले सिरहा नगरपालिका ९ गुलरिया गाउँ नजिकबाट म्याजिक सहित भन्सार छली ल्याएका सरसमान नियन्त्रणमा लिएको छ । सिरहाको माडर खैरटोका भन्सार र विभिन्न प्रहरी इकाई छलेर भित्रिएको ज १ ज ३१५ नम्बरको म्याजिकलाई जनगुनासो पछि सिरहा प्रहरीले गुलरिया गाउँ नजिकमा नियनत्रणमा लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘गुलरिया गाउँ नजिक सेतो कलरको म्याजिकलाई प्रहरीले नियन्त्रण लियो । सो म्याजिकमा चालक सहित दुई जना चढेको थियो । केही बेर प्रहरी केरकार गरेर सिरहा तिर लग्यो,’ प्रत्यक्षदर्शीहरुले भने,‘म्याजिकमा भरिएको बोराहरु राखिएको थियो । प्रहरीले बील माग्दै थिए । बिल देखाउन नसक्दा म्याजिक सहित दुबैजनालाई सिरहा तिर लग्यो ।’ तर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रबिन्द्रराज पाण्डेका अनुसार ३० हजार मूल्य बरावरको १५ बोरा मैदा प्रहरीले बरामद गरेको छ । बेवारिसे रहेको अवस्थामा प्रहरीले उक्त मैदा बरामद गरेको उनले थपे । भन्सार, विभिन्न प्रहरी इकाई र जिल्ला प्रहरीलाई समेत तस्कारको म्याजिक भाग्नुले तस्करी नियन्त्रण गर्ने प्रहरीको भुमिकामाथि प्रश्न चिन्ह लाग्न सक्ने धेरै आधारहरु रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...