सिरहामा कर्मचारीको मिलोमतोमा जिन्सी शाखामा आगलागी: मेयर यादव

  • बैशाख ४, २०८०
  • ३१३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स दैनिक/ सिरहा ।  जिन्सी शाखामा रहेको विभिन्न फाइलहरु आफुलाई बुझाउन आग्रह गरिरहदा षडयन्त्रपुर्वक तरिकाले कर्मचारीको मिलोमतोमा आगलागी गरि जलाएको सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवले बताएका हुन । मेयर यादवले बिगतमा भएको बिकास तथा योजनाको कामहरूमा असन्तुष्टि जनाउँदै अख्तियारको चिठी पत्र आएकोले बैशाख ५ गते भित्र सो फाइलहरु के कसो छ हेर्न आफुले पुर्व नियमित प्रमुख प्रशासकिय अधिकृतलाई बैशाख ५ गते भित्र जिन्सी शाखामा रहेको सम्पुर्ण फाइल तथा कागजात बुझाउन भनिएपछी कर्मचारीको मिलोमतोमा नै आगलागी गरि फाइलहरु जलाएको आरोप लगाएका हुन । मेयर यादवले पुर्व नियमित प्रशासकीय अधिकृत बलराम यादव तथा शाखा प्रमुख सँग फाइल मागेँको जनाएका हुन । मेयर यादवले जिन्सी शाखामा आगलागी हुने कुनै त्यस्तो कारण नरहेको भन्दै सिसि क्यामराको लाइन काटेर उनिहरुले यश शाखामा आगलागी गरि यस्तो जघन्य अपराध गरेको आरोप लगाउँदै प्रदेश टाइम्स दैनिकलाई बताएका हुन । उहाँले भोलि बिहानै देखी यश सम्बन्धमा कडा छानबिन गर्ने समेत बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

अध्यक्ष बनैताको कार् ...

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार म ...

सिरहाको चोहर्वा,गोलब ...

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित ...

भ्रस्टाचार विरुद्ध स ...

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै ...