किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनगरमा सम्पन्न

  • चैत ३०, २०७९
  • ३४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णनगर, चैत्र ३० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा कृषि गणकका रुपमा छनोट भएका गणक लाई तीन दिने किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनग स्वास्थ्य चौकीको हालमा सम्पन्न भएको त l किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदीप कुमार मौर्य, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, अतिथिमा समाजसेवी भरत किशोर चौधरी रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सत्य डाटा संकल्न हुने विश्वास व्यक्त गर्दै सिचाईको उपलब्धता नगरपालिका ले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो l किसान सुचिकरण कार्यक्रम सम्बंधि तीन दिने तालिममा किसान सूचीकरण व्यवस्थापन प्रणाली साफ्टवेयर संचालन तथा सो साफ्टवेयरमा डाटा इन्ट्री कसरी गर्ने बिषयमा कृषि गणक लाई दक्ष बनाउन कृषि ज्ञान केन्द्र कपिलवस्तुका अधिकृत जेदू राम घिमिरे सहजीकरणको भूमिका निर्वाह गरेका थिए l सुदिप मौर्यले कृषि गणक हरूलाई कृष्कको वास्तविक डाटा संकलन गर्न निर्देशन सहित वडा नं १,१०,११ मा जान लागेका गणक हरूलाई त्याहाका घरधनीले सत्य तथ्य डाटा साफ्टवेयर मा इन्ट्री गराउन समेत मिडियाको माध्यम द्वारा अनुरोध गर्दैतालिमको समापन गरेका थिए l कार्यक्रममा १४ जनाको सहभागिता रहेको थियो l कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका कृषि शाखाकी नायब प्राविधिक सहायक बसन्ता पौडेलको रहेको थियो। कृषि ज्ञान केन्द्र कपिलवस्तुका कृषि अर्थ विज्ञ शिव पुजन गुप्ताले कार्यक्रम संचालन गरेका थिए l

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...