ब्रहमपुरिकी चमेली जसलाई चमक दिन बेखबर छन सरकार

  • चैत्र २६, २०७९
  • ७५६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहा अर्नामाकी यी चन्देशवरी महतो जो चमेलेको नामले चौतर्फी जानिन्छ । कालै अनुहारकी चमेली जो बर्षौ देखी सडक पेटिमै भौतारिएको भेट्छिन । बाउको ठेगान भएकी चमेली दुई सन्तानकी आमा हुन । उहाँ सडक पेटिमै भौतारिदै शहर बजारको होटेलहरुमा भाडा बर्तन माझेर अर्काको घरको झाडुबहारु गरेर दिनचर्या बिताउँछिन । आफू सहित यी तस्वीरमा देखिएका दुई सन्तान एक १८ बर्षकि छोरी र १४ बर्षको एक छोरालाई लालनपालन गरि स्कुल पढाउँछिन । आफ्नै माटो पानी आफ्नै देशको कुनै कुनामा जन्म लिएर बस्ने दुई सन्तान भएकी यी चमेली मौलिक अधिकार बाट टाढिएको देख्छिन । चमेलीको बाउ आमाको ठेगान पनि छ । नेपालिहरुको नाम दर्ता हुने रजिस्टरमा पनि उहाँ नाम दर्ता छन । तर भने उहाँ नेपाली नागरिकता र उहाँको दुई सन्तान जन्मदर्ता बाट बंचित छन । नेपाली भुमी भूगोल भित्र जन्म लिई सुरक्षीत तरिकाले शान्तिपुर्वक बस्ने खाने पढने सबै नेपाली नागरिकको मौलिक अधिकार नै हो । तर यी चमेली आज आफ्नै देश धर्तिमा यी नैसर्गिक अधिकारहरु बाट टाढिएका छन । चमेलिलाई सरकारले चमक दिन सकेको छैन । सरकार बेखबर छन बताउनुहुन्छ सिरहा स्थित एक बुद्धिजीवी ,कुशल पत्रकार देबकुमार यादव । उहाँ चमेलिको ब्यथा र विवरण खुलाउँदै स्ट्याटस लेख्नुहुन्छ । यि सिरहा अर्नामा गाउँपालिका स्थित ब्रहमपुरी घर भै बस्ने चमेली जसलाई अन्दाजी १६ बर्षकै कलिलै उमेरमा एक सिरहा बसपिटाका भैंसी ब्यपारी जो विभिन्न प्रलोभन देखाई घर बाटै फकाए । यादव थरका ती ब्यपारी कलिलै उमेरको चमेलिलाई फकाएर ६ महिना सम्म घुमाए र पछि अल्पत्र अबस्थामा छोडे । आज तिनको जिन्दगी न त घर न घाटको भएको छ । चमेलिको एक सन्तान १८ बर्षकी जेठी छोरी निजि बिदालमा ११ कक्षा जन्म दर्ता नभएकै कारण बिदालय बाट निकालिएकी छिन भने १२ बर्षिय एक छोरा जसरी तसरी ८ कक्षा भ्याका छन । तर भने ती दुबै संग नेपाली बाउ आमाको ठेगान भएपनी नेपाली अधार प्रमाण भन्ने केही नभएको स्थितिमा छ उनिहरु । नागरिकताको लागि बर्षौ देखि प्रयासरत चमेलिको ब्यथा सुन्न त कोहि नागरिकताको लागि सनाखत सम्म बस्न तयार नरहेको तथ्य सत्य छ । आफ्नै देशमा अनागरिक भएर बस्दै आएकी यी चमेली र यस्ता कैयौं नेपाली नागरिक अनागरिक भएर बसिरहदा सरकार बेखबर रहेको कुरो साबित भएको देखिन्छ । सरकारले मिति २०७९/ १२ महिना २२ गतेको दिन बाउ आमा ठेगान नभएको नागरिकको हकमा जारी गरिएको पत्रले ब्रहमपुरिकी चमेलिलाई नछोएको प्रष्ट हो । चमेली र उन्का सन्तानहरुले जन्म दर्ता पाउँछन् कि पाउदैन ? भन्ने प्रश्न सहितको नेपालीको मागँ सम्बोधन कहिले सरकार ?

प्रतिक्रिया दिनुहोस

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...

दिउँसै हतियार देखाएर ...

प्रदेश टाइम्स / सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहाको विष्णुपुर ...