यी परिवार जसले आज पनि चिकित्सक भन्दा पनि झाँक्रीमा बिश्वास गर्छन

  • चैत्र १८, २०७९
  • २७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । लहान घर भई आफन्तको घर सिरहा माडर बाट उपचारको लागी २ महिना अगाडि सदरमुकाम सिरहाको सडकमा प्राइभेट किल्निक खोज्दै भेट भएकी यी सबिता मुसहर !सबिता की पतिले "हजुर फलानो किल्निक कहाँ छ भनेर प्रश्न गरे "विस्तारमा यस्तो रोग हो साहु बाट सयकडा ५ का दरले १० हजार ऋण खोजेर आएको छु भनेपछि यी मुसहर परिवारको सहयोग गर्ने भावना जागेपछि तत्कालै प्रादेशिक अस्पताल सिरहा मा समन्वय गरेर उपचारको लागि भर्ना गराए!भर्ना पछि नियमित सम्पर्कमा रही बिरामीको अवस्था बारे जानकारी लिने गरेको थिए ! सबिता लाई tv (क्षयरोग) भएको र ६ महिना सम्म नियमित औषधि सेवन गर्न सलाह दिएर सप्ताह दिनपछि अस्पताल बाट डिस्चार्ज भइन् !बेला बेलामा निजको स्वास्थ्य अवस्था बारे जानकारी लि राख्ने मेरो चासो थियो !कारण मेरो सानो प्रयासले यी मुसहर परिवार निको भए आफू औधी खुसी हुन्थे !ठीक हुँदैछ ,ज्वरो आउछ भनेर फोनमा भन्दा मैले tv को औषधि डोज बमोजिम पुरै खानुपर्छ ठीक भइहाल्छ केही समस्या भए अस्पताल आउनु म सहयोग गर्छु भनेर बेला बेला भन्दै थिए !करिब २ सप्ताह अगाडि कुरो पछि हिजो फोन गरेर पछिलो अवस्था बारे जानकारी माँगे !दबाइ ले ठीक हुँदैन गाउँकै धामीले भनेको छ तिमीलाई ५,६ वटा भूत तिम्रो जिउ मा छ , बैठकि गर्नुपर्छ भन्दै मैथली भाषा मा सबिता र निजको पतिले मलाई सम्झाउने प्रयास गरे !औषधि पनि खान छोड दिएको अब ठीक हुँदैछ धामी मा मात्र २०,२५ हजार खर्च भयो यावत् कुरो भन्दै अब दबाइ नखाने धामीले नै ठीक गरी दिने अडी कसेपछि म हार मान्दै रिसले फोन काटे!हिजो देखि मनमा एउटै कुरो खेलिरहेको छ ,यी र यस्ता मुसहर परिवारहरू अहिले पनि चिकित्सक भन्दा धामी झाक्री लाई नै विश्वास गरिरहेछ ! 

प्रतिक्रिया दिनुहोस

अध्यक्ष बनैताको कार् ...

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार म ...

सिरहाको चोहर्वा,गोलब ...

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित ...

भ्रस्टाचार विरुद्ध स ...

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै ...