सिरहाको मिर्चैयामा चट्याङ लागेर एकको मृत्यु

  • चैत १७, २०७९
  • ७०३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहा, १७ चैत। सिरहामा चट्याङ लागेर एकजना ट्रक चालकको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर- ८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो। ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमकाे कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। शव अस्पतालमै रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...