एसइइ नजिकिए सँगै चिट चोरी पास गराउन सिरहा स्थित बिदालयहरुले पैसा असुल्दै

  • चैत्र १४, २०७९
  • ३६० पटक पढिएको
alt

प्रदेश टाइम्स/ १४ चैत्र सिरहा । नेपालै भरी चैत १७ गते देखी शुरु हुने एसईइ परिक्षामा चिट चोर्न दिने भन्दै  सिरहा स्थित बिदालयहरुले धमाधम विभिन्न बहानामा विद्यार्थीहरु संग पैसा असुली गरिरहेका छन । परीक्षा मर्यादित र सभ्य बनाउनु सबैको उत्तरदायित्व रहदारहदै पनि सिरहा स्थित विभिन्न बिदालयहरुले प्रत्येक विद्यार्थी बाट एक हजारका दरले पैसा लिने गरेको एक स्रोतले जनाएको छ । बिगतको बर्षमा आफ्ना लेखा तथा स्कुल सहायक लगाएर पैसा असुल गरिएपनी यसपालि प्रधानाध्यापकहरु नै चिट चोरी पास गराउन पैसा लिने गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार कति ठाउँमा त विद्यार्थी उपर १५ सयको दरले समेत पैसा उठाएको दाबी छ । स्रोतका अनुसार विद्यार्थी पास गराउन फलाइफ बनाउने विषय शिकहकहरु लगायत अनुगमनमा आउने सरहरुमा खर्च गर्नु पर्ने भन्दै विद्यार्थी बाट हजार १५ सयका दरले उठाउँदै आएका जनाएका छन । यसमा पनि अधिकारिक रुपमा दर्ता नभएका बिदालयहरुले पनि आफ्ना विद्यार्थी सामुदायिक बिदालय बाट सहभागी गराए बापत २० हजार देखि ६० हजार सम्म तिर्ने गरेको स्रोतले जानकारी गराएको छ । यसले शिक्षाको अबस्था पुर्ण रुपले खस्किदै गएको उहाँको दाबी छ । यस अबस्थामा एसइइ परीक्षामा हुने अनुगमन कुन प्रकारको रहन्छ भन्ने जिम्मेवार निकायहरू माथी आम समुदायहरुको प्रशन रहेको छ । उनिहरुका अनुसार बर्षै भरी विद्यार्थी पढाउँछु परीक्षाको बेला विद्यार्थी पास गराउन पैसा तिर्नुपर्ने रबैयाले बाँझो खेत हात लाग्ने अबिभावकहरुको कथन रहेको छ । यसले गुणस्तरीय शिक्षा दिन सरकार र बिदालयहरुले अझै असफल रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...