सुचना पाएपछि यादवले ताेडे आमरण अनसन

  • चैत १४, २०७९
  • २११ पटक पढिएको
alt

 प्रेमचन्द्र झा/ प्रदेश टाइम्स, राैतहट।गरुडा नगरपालिकाले मागे जतिको सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरणअनसन तोडेका छन । बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसबाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाकाे हातबाट जुस खाई एक हप्ता लामो अनसन ताेडेका छन । स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचन लडेका दिपक यादवले माग गरेको सबै सुचना गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले उपलब्ध गराई दिएपछि अनसन तोडन सहमत भएका थिए । नगर प्रमुख प्रत्याशी यादव नगरपालिका बाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि एक साता देखि आमरण अनशनमा बसेका थिए। अनसन बसेकाे दिन देखि नै गरुडाको वातावरण असहज वन्दै गएको थियो । यश अवधिमा नगरप्रमुख कन्तमणि जयसवाल सहित स्थानिय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन ताेडन आग्रह गरेका थिए । आफनो मागबाट अलिकति टसमस नभपछि वाध्य भएर गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएका छन । प्रमुख प्रशासकीय अधिकृत झाले सबै सुचना दिएको दावी गरेका छन । आमरण अनसन ताेडेका दिपक यादवले बैंक स्टेटमेन्ट बाहेकका सुचना मात्र पाएको बताए ।एक साता भित्रमा गरुडाका स्थानिय प्रहरी र अनसन बसेका यादवका समर्थक बिच पटक पटक झडप ,यातायात अबरुद्ध पार्ने लगाएतका गतिविधि भएका थिए ।१२ बुन्दामा सार्वजनिक सुनुवाई जो चैत्र ३० गते हुने, ११ बुन्दामा नगरपालिकाको सबै बेैक खाताको स्टेटमेन्ट जो भर्खरै अनसन ताेडेका यादवले अझै पाउन बाकी रहेको बताए । १० बुन्दा अनुसार सुचना पाएको यादवले स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...