ज्यान मार्ने एक जना पक्राउ

  • चैत १३, २०७९
  • ३०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ चैत १२ सिरहा । गोलबजार नगरपालिका वडा नं. ३ जमनटोकी स्थित रहेको आईसक्रिम फ्याक्ट्री अगाडी स्थित सोही फ्याक्ट्रीमा काम गर्ने जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने खुशिलाल गोसाईको छोरा वर्ष ३५ को श्याम सुन्दर गोसाई र निजको दाइ वर्ष ४२ को रामचन्द्र गोसाई बिच भई झै-झगडा तथा कुटपिट हुदाँ निज श्याम सुन्दर गोसाईंको टाउको तथा शरीरको विभिन्न भागहरुमा चोटपटक लागी गम्भिर घाईते भएकोमा तत्काल स्थानिय मानिसहरु समेत भेला जम्मा भई एम्बुलेन्सद्वारा विराटनगर अस्पतालमा लगी उपचार गराउँदा उपचार हुन नसकी रिफर भई रा.उ. स्मारक अस्पताल लहान सिरहामा उपचार्थको क्रममा मिति २०७८/०८/१० गते दिनको करिब १२:१५ बजेको समयमा मृत्यु भएकोमा निज रामचन्द्र गोसाई सोही दिन फरार भएको । प्रहरी अनुसन्धान निज फरार अभियुक्तलाई उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा मिति २०७९।१२।०९ गते बिहान अं. ०१:०० बजेको समयमा जिल्ला कन्चनपुर महेन्द्रनगर स्थित नेपाल भारत सिमा क्षेत्रमा फेला पारी कानुन बमोजिम पक्राउ गरी ल्याईएको। कर्तव्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जानकारि गरएको छ ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...