सिरहामा रकम लुटेको आरोपमा तीन पक्राउ

  • चैत १२, २०७९
  • ५५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ १२ चैत सिरहा ।  सिरहा जिल्ला स्थित कल्याणपुरको एक जना र लहानको दुई जना गरि जम्मा तीन जानालाइ रकम लुटेकाे आरोपमा पक्राउ गरि  सार्वजनिक गरेको छ । उनिहरुलाई पक्राउ गरि कर्बाही गरेको जिल्लाप्रहरी कर्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १३  बस्ने सुकरामपुर टोलको  वर्ष ३६ को जिबछ बि.क., लहान नगरपालिका वाड नं. १९ छरापटि बस्ने वर्ष ४७ को सत्य नारायण मण्डल र कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४५ को श्याम कुमार यादव रहेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।  मिति २०७९।११।१० गते अं. १४:४५ बजेको समयमा जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं. ३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई. एम. ई. बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने क्रमचारीले ज. ६.प. ८९८५ नं. को मोटरसाईकल चलाई मिचैयाको ग्लोबल आई. एम. ई बैंकबाट नगद रु ९,००,०००/- (नौ लाख) रकम निकाली कालो ब्यागमा हाली पछाडी ढाडमा बोकी ग्लोबल आई. एम. ई. बैंक शाखा कार्यालय कल्याणपुर तर्फ लिएर आउने क्रममा नम्बर नखुलेको MT र अपाचे मोटरसाईकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई उक्त रकम खोसी लिई दक्षिण तर्फ भागी फरार भएका थिए । प्रहरी अनुसन्धान:- तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरिकार्यालय मिचैया सिरहा लगाएत मातहत समेतको प्रहरी टोलिले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९।१२।०९ गते दिउँसो अं १७:३० बजेको समयमा जिल्ला जिल्ला सिरहा सिरहा नगरपालिका स्थित हेमनारायण चोक स्थितबाट निजहरुलाई फेलापारी कानुन बमोजिम पक्राउ गरिएको । नोट:- शरिर बन्धक तथा डाँका मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिचैया सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ल प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...