रौतहटको मौलापुर नगरपालिका मा मेधानी महायज्ञको तयारी पुरा

  • फाल्गुन ४, २०७९
  • १५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट । रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञको तयारी पुरा भएको छ । महायज्ञको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार गर्ने कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ । मधानी महायज्ञ यस वर्ष पनि फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने कार्यक्रम रहेको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले बताईन् । फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसीलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् । त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवं संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ । मौलापुर नगरपालिकाकी मेयर साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । उनले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्नका लागि आफु निरन्तर प्रयत्नरत रहेको बताईन । सरकारले घोषणा गरेको देशमा थप नयाँ सय पर्यटकीय गन्तव्यमा उक्त मन्दिर छनोटमा परेको छ । २०७६ साल देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ । २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, २०७८ सालमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा मधानी महायज्ञ आयोजना गरिएको थियो । मधानी महायज्ञसंगै व्यापार प्रत्येक बर्ष मधानी महायज्ञ आयोजनाले व्यापार पनि बढदै गएको छ । मौलापुरमा मधानी महायज्ञमा सहभागिताका लागि नेपालका साथै भारतका समेत लाखौं भक्तजनहरु आउँने गरेका छन् । महायज्ञको उदघाटन अघि देखी नै एक हप्तासम्म मेलाको चहलपहल रहने गरेको छ । उदघाटनदेखी नै बिभिन्न धार्मिक, सांस्कृतिक, मानोरञ्जन लगायतका कार्यक्रमले सबैको ध्यान तान्ने गरेको छ । महायज्ञमा लाखौंको सहभागिताले व्यापार व्यवसाय समेत बढने गरेको व्यापारी रामभरोसी साहले बताए । यस बर्ष समेत भोजपुरी जगतका चर्चित कलाकारका साथै अन्य कलाकार, अन्र्राष्ट्रिय कुस्ती खेलाडी लगायतको सहभागिताले महायज्ञमा थप व्यापार बढने निश्चित रहेको साहको भनाई रहेको छ । ‘मधानी महायज्ञले यस क्षेत्रको चर्चा नेपालमा मात्रै नभई भारतमा समेत हुने गरेको छ । यहाँको शिव मन्दिरमा पुजा गर्नका लागि हजारौं भक्तजनका साथै बिभिन्न कार्यक्रम हेर्नेको भिड नै लाग्ने गर्छ’ साहले भने, ‘यहाँ जति मान्छे बढी आउँछ सोही आधारमा व्यापार पनि बढनु निश्चिित नै रहेको छ । यो महायज्ञका कारण हामी धेरै नै खुशी छौं ।’ महाशिवरात्रीको अवसरमा आयोजना हुने महायज्ञले नेपालका साथै भारतका समेत भक्तजनको घुइचो लाग्ने गरेको छ । महायज्ञलाई सफल बनाउँन प्रहरी समेत परिचालन गरेर शान्ति सुरक्षाको व्यवस्था गरिएको हुन्छ । मेलालाई व्यवस्थित बनाउँन स्वयंसेवकको समेत परिचालन गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...