देउवाले भारतीय राजदूतलाई फोन गरेर भने, ‘लिपुलेक र कालापानी हाम्रो हो’

  • कार्तिक २१, २०७६
  • २६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं। भारतले जारी गरेको नयाँ नक्शामा नेपालको भूमि परेपछि नेपालमा विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित भारतीय राजदूत मञ्विसिंह पुरीलाई फोन गरेका छन्।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय नक्शाबारे सभापति देउवाले भारतीय राजदूतसँग फोन गरेर लिपुलेक, कालापानी लिम्पुयाधरा नेपालको भएको स्मरण गराएको जानकारी दिए।

शर्माले देउवाको भनाई उद्धृत गर्दै भने, ‘सभापति शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्शाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।’

सभापति देउवाले यो विषयमा साझा धारणा बनाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई पनि सुझाव दिएको प्रवक्ता शर्माले जानकारी दिए।
काँग्रेसले भनेको छ, ‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ।’

काँग्रेसले भारतले जारी गरेको नश्माबारे यसअघि नै धारणा सार्वजनिक गरिसकेको भन्दै प्रवक्ता शर्माले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र कुनैपनि भूमीमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने बताएको ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...