पर्सा प्रहरीद्वारा प्रतिबन्धित ५००सयको १ लाख रुपैया सहित १ जना पक्राउ

  • माघ ४, २०७९
  • ४५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्बाददाता / वीरगंज ४ माघ पर्सा प्रहरीले प्रतिबन्धित भारतीय रुपैया १ लाख सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले दिउँसो अं.३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्ने क्रममा संकास्पदरूपमा आउदै गरेको जटाशंकर साह सोनारलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सोनारको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरको नोट २०० थान रू.१,००,०००।– ( एक लाख ) बरामद गरेको प्रहरीले जनाएको छ। भारतीय रुपैया सहित पक्राउ परेको सोनारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रबक्ता गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...