स्रोत नखुलेको साढे २२ लाख रुपैयाँ सहित २ जना हुण्डी कारोबारी वीरगंजमा पक्राउ

  • माघ ४, २०७९
  • ४२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्बाददाता / वीरगंज ४ माघ पर्सा प्रहरीले २२ लाख ५० हजार रकम सहित अवैधरुपले वित्तीय कारोबार गर्नै २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सावाट वीरगंजको घण्टाघरमा खटिएको चेकिङ टोलीले मंगलबार दिउँसो २:३० बजे घण्टाघर स्थित सडक खण्डमा BR05AE 9343 नम्बरको स्कुटर रोकी जाँच गर्द स्कुटरमा पछाडि बसेका एकजना बोकेको झोला भित्र ५०० सय र १०० रुपैयाको नोट गरि २२ लाख ५०हजार रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ३४ को बिकाश साह र वीरगंज महानगरपालिका वडा १८ बस्ने बर्ष १९ को सुभाष कुमार साहलाई स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ थान मोबाइल बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैईरहेको पर्सा प्रहरी प्रब्क्ता एवम् नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...