स्रोत नखुलेको साढे २२ लाख रुपैयाँ सहित २ जना हुण्डी कारोबारी वीरगंजमा पक्राउ

  • माघ ४, २०७९
  • २५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्बाददाता / वीरगंज ४ माघ पर्सा प्रहरीले २२ लाख ५० हजार रकम सहित अवैधरुपले वित्तीय कारोबार गर्नै २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सावाट वीरगंजको घण्टाघरमा खटिएको चेकिङ टोलीले मंगलबार दिउँसो २:३० बजे घण्टाघर स्थित सडक खण्डमा BR05AE 9343 नम्बरको स्कुटर रोकी जाँच गर्द स्कुटरमा पछाडि बसेका एकजना बोकेको झोला भित्र ५०० सय र १०० रुपैयाको नोट गरि २२ लाख ५०हजार रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ३४ को बिकाश साह र वीरगंज महानगरपालिका वडा १८ बस्ने बर्ष १९ को सुभाष कुमार साहलाई स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ थान मोबाइल बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैईरहेको पर्सा प्रहरी प्रब्क्ता एवम् नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...