शितलहरको कहरमा अति बिपन्नहरु न्यानो बाट बंचित हुनुहुदैन : गापा अध्यक्ष यादव, हर्षित मुद्रामा बिष्णुपुरका स्थानीय बिपन्नहरु

  • माघ ३, २०७९
  • ४८९ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स दैनिक / सिरहा । खुला अकाशमुनी भुमिमा रहेका अति बिपन्नहरु शितलहरको कहरमा न्यानो कम्बल बाट बंचित हुनुहुदैन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले जनाउनुभयो । गाउँपालिका अध्यक्ष यादवले आज मंगलबार पालिकाको वडा नम्बर २ मा अति बिपन्नहरुलाई कम्बल बितरण गर्दै वडामा रहेको अति बिपन्न एकल महिला ,दलित अपांग ज्येष्ठ नागरिकहरु न्यानोको लागी फाइबर सिरक लिन बाट बंचित हुनुहुदैन भन्दै वडा जनप्रतिनिधिहरुलाई सुझाब दिएका थिए । समाजमा परोपकारी भुमिका खेल्न तत्पर रहने अध्यक्ष यादवले गहिरिएर नियाल्दै न्यानो पाउनुपर्नेहरुको लिस्ट र नामावली हेर्दै बिपन्नहरुको लागी मौसम प्रतिकुलतालाई मध्य नजर गरि न्यानो फाइबर सिरक लिन अति बिपन्न मापदण्डमा पर्ने कोहि छुट्नु हुदैन बताए । यतिखेर यश बिष्णुपुर गाउँ पालिका स्थित हरेक वडामा अति बिपन्नहरुलाई प्राथमिकतामा राखेर न्यानो फाइबर सिरक बितरण गर्नुपर्छ र ति कार्यआफुहरु गरिरहेको गाउँपालिकाको अधिकृत रबिन्द्र कुमार महतले बताउनुभयो । अधिकृत महतले बिपन्नहरुको सुचि तयार गर्दै न्यानो बितरण कार्य वडाहरुमा तिब्र रुपले अगाडी बढिरहेको बताए । नागरिकको पहुँचको सरकार स्थानीय तह रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र नागरिकले स्थानीय तहको प्रत्याभूति गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्दा नागरिक र स्थानीय तहको सम्बन्ध अझ बलियो बन्न सक्छ । जुन कार्यक्रमहरु गर्न सिरहाको बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवले हरेक पक्षहरू संग समन्वयात्मक भुमिका खेल्दै आएको स्थानीयहरु बताउँछन । पालिका र वडाको समन्वयमा वडा नम्बर ४ थलहाकटहामा पनि १ सय २६ फाइबर सिरक अति बिपन्नहरुलाई बाँडिसकेको वडा अध्यक्ष रामबाबु यादवले बताए । वडा नम्बर २ को अध्यक्ष प्रमोद कुमार यादवले भने आज ४३ जनालाई फाइबर सिरक बाँडदै अरु पछि बितरण गर्ने भन्ने जानकारी गराए । यस्तै बिष्णुपुर गाउँपालिकाको वडा नम्बर १ र ३ मा सुची तयार हुदैछ भन्ने वडा नम्बर ५ मा भोलि बुधबार ४ गते न्यानो फाइबर बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत महतले जानकारी गराए । बिपदको घडी पालिकाले जनताको सहायतामा जोडदिदै आएको देखिएको हो । पालिकाले न्यानोको लागि जलावन देखी फाबर सिरक सम्म बितरनमा तिब्रता देखाइसकेका छन । स्थानियहरु हर्षित हुँदै पालिका प्रती धन्यवाद जताएका छन ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...