देशमा राष्ट्रिय सहमतिको सरकार आवश्यक :प्रभु साह

  • पुस २४, २०७९
  • २१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरको लगनखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल लाग्नुपर्ने बताए । देशमा देखिएको आर्थिक राजनीतिक समस्या समाधान कुनै एक दल वा आधा संख्यामा विभाजित संसदले गर्न नसक्ने जिकिर गर्दै अध्यक्ष साहले सम्पूर्ण दलहरू एउटै विन्दुमा उभिएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन अपिल गरे । ‘अहिले तपाई हामीले सबैले देखिरहेका छौं देश कुन अवस्थामा छ भनेर । देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको छ । बजारमा पुँजीको अभावले भयावह अवस्था आएको छ । आम जनताले ऋण पाउने स्थिति त कता हो कता पुराना ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्न सक्ने अवस्थामा पुगेका छन्’ साहले भने, ‘देशमा देखिएको यस जटिल अवस्थाको अन्त्य गर्नका लागि एवं अर्थतन्त्रलाई लयमा फर्काएर मुलुकलाई समृद्धिको यात्रामा डो¥याउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दल एकै विन्दुमा उभिनु जरुरी छ ।’ दलिय स्वार्थ भन्दा माथि उठेर मुलुकका हितमा उभिनुपर्नेमा अध्यक्ष साहको जोड छ । आजपा अध्यक्ष साहले स्थिर सरकारका लागि शासन व्यवस्थामा परिवर्तनको बिकल्प नभएको बताए । पुराना पार्टीहरु सत्ता र कुर्सीको लागि मात्रै रहेको प्रष्ट देखिएको बताउँदै उनले संविधान नै पुर्नलेखन हुनुपर्ने संकेत गरेका छन् । ‘गोरुले दुध दिनु र नेपालको अहिलेको व्यवस्थाले समृद्धी आउँनु भनेर सोच्नु नै गलत हो । सात सय ६१ सरकारको व्यवस्था अहिलेको संविधानले गरेको छ । रुस, अमेरिका, भारत लगायतका देशमा भन्दा बढी सरकारको व्यवस्था नेपालमा रहेकामा लोक सेवा आयोगको प्रश्न बन्न सक्छ’ साहले भने, ‘अहिलेकै राजनीतिक व्यवस्थाबाट हामीले स्थिर सरकार पनि पाउँन सक्दैनौं, समृद्धि पनि पाउँन समस्या नै छ । लोकतान्त्रिक देश नेपालमा जुन व्यवस्था छ ्रत्यसले देशलाई अगाडी बढाउँन सक्दैन ।’ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दरो बनोस, बलियो बनोस र देशले आर्थिक प्रगति गरोस बताउँदै उनले शोषित, पीडित, न्याय नपाएका जनतको पक्षमा बढी काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । एउटा कुशल नेतृत्वले नेपाललाई सफल नेपाल, समृद्ध नेपाल र जनतालाई सुखी बनाउँने भएकाले आजपाको अभियानमा जुटन सबैलाई उनले आग्रह गरेका छन् । सरकारी अडामा भ्रष्टाचार बढेको बताउँदै त्यसका विरुद्धमा एवं भण्डाफोर अभियानमा नेतृत्व गर्न आजपाका नेता कार्यकर्तालाई उनले निर्देशन दिए । यस्तो छ कमिटी सो भेलाबाट मधेस–काठमाडौं आम सम्पर्क मञ्चको ५१ सदस्यीय कमिटी गठन भएको छ । यसैगरी जिल्ला र काठमाडौं आम सम्पर्क मञ्चको संयोजक र सचिव समेत सो भेलाले सर्वसम्मत चयन गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए । पर्सा काठमाडौं आम सम्पर्क मञ्चको संयोजकमा आरिफ र सचिवमा अवलेश कुमार रहेका छन् । यस्तै बारा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा प्रेमचन्द्र साह र सचिवमा चन्देश्वर दास रहेका छन् । रौतहट काठमाडौं सम्पर्क मञ्चको संयोजकमा उपेन्द्र साह र सचिवमा रुपेश दास रहेका छन् । यसैगरी सर्लाही काठमाडौं सम्पर्क मञ्चको संयोजकमा मुकेशकुमार साह र सचिवमा नरेन्द्र घिसिङ रहेका छन् । महोतरी काठमाडौं सम्पर्क मञ्चको संयोजकमा संजित चौधरी र सचिवमा उमा कुमारी झा रहेकी छन् । धनुषा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा सुनिल साह र सचिवमा कालान्दी ठाकुर, सिराहा काठमाडौं सम्पर्क मञ्चको संयोजकमा शैलेन्द्र यादव र सचिवमा राजकुमार साह रहेका छन् । यसैगरी सप्तरी काठमाडौं सम्पर्क मञ्चको संयोजकमा रामनारायण साह र सचिवमा दुर्गानन्द साह रहेको आजपा प्रवक्ता साहले बताए । मधेस काठमाडौं सम्पर्क मञ्चको सदस्यहरुमा बिजय भट्टराई, चिनिलाल दास, अरुणकुमार साह, विरवल यादव, राजेश कुमार शर्मा, ईरसाद आलम, शारदा साह, चन्दा कुमारी, देवकुमारी साह, रामबालक साह, शिव न्यौपाने, रामबाबु साह, रामनारायण साह, मिना देवी, धर्मेन्द्र साह, सोनालाल कुशवाहा, चन्देश्वर दास, सागर कुशवाहा, रन्जु कुमारी साह, सुनिल मण्डल, राकेश साह, सुजित साह, मनोज सहनी, रामबरस ठाकुर, तैयब अंसारी, सुतिस चन्द्र साह, अवधेस साह, आषिस दोङ, खुश्वु साह, दिलिप राय यादव, गणेश साह, पवन कुमार साह, समिर रौनियार र मुकेश साह रहेका छन् । यसैगरी सदस्यहरुमा अवधेश कुमार मिश्रा, सुजिताकुमारी साह, डा.राकेश मिश्रा, सुनिल पुर्वे, संजिव कुमार साह, फिरोज यादव, सरोज राम, राजेश साह, कामना महतो, सिवानी कुमारी साह, बबिता विक, राजकुमार शाही, रामनरेश साह, राजन ठाकुर, रेणु साह, राकेश साह लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...