गृहमन्त्रालयको आदेश विपरीत वीरगंज भंसार नाकावाट ठुलो मात्रामा माछाको तस्करी

  • पुस २०, २०७९
  • २४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 वीरगंज १९ मंगलबार नेपालको मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सारवाट खुलियाम व्यापक रुपमा रातिको समयमा माछाको तस्करी फस्टयाएको छ। वीरगंज भन्सारको पछाडिको वाटो प्रयोग गरि एक तस्कर समुहहले रातिको समयमा भारतको रक्सौलवाट आध्रा प्रदेशको माछा दर्जनौं मोटरसाइकल र साईकलमा लोड गरि नेपाल भित्राउने गरेको समाचार प्राप्त भएको छ। चितवनका माछा व्यसायहरुले रास्वपाका एक सासंदलाई ज्ञापनपत्र बुझाए पछि सो सासंदले गृहमन्त्री रबि लामिछानेलाई अवगत गराएपछि उनीले आफ्नो हाकिमहरुलाई निर्देशन दिए लगत्तै मन्त्रालयले हिजो तत्कालै पर्साका जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई माछा तस्करी रोकन निर्देशन दिएका थिए। हिजो आएको मन्त्रालयको निर्देशनको धज्जिया उडाउँदै सिमानाकामा रहेका सुरक्षाकर्मीहरुले ठुलो मात्रामा वीरगंज भन्सारवाट माछा तस्करीको लाईन दिएको एक स्थानीयले नाम नखुल्ने सर्तमा बताएका छन्। नेपालमा माछा पालन व्यस्याय अहिले फस्ट्याएको छ।भारतको आध्रा प्रदेशवाट आउने माछाको कारणले स्वदेशमा रहेको माछा पालन व्यसयायहरु ठुलो मार्कमा परेका छन् ।आध्रा प्रदेश वाट नेपालमा आउने माछा १० दिन देखि १५ दिन सम्म लागने गरेको छ।१५ दिन देखि मरेको माछा खादा स्वास्थमा निकै समस्या पर्ने देखिएको स्वास्थ्यकर्मीहरुले बताउछन् । वीरगंज महानगरपालिका वडा नम्वर १६ ईनार्वा गाऊको बाटो प्रयोग गरि करिब १०० को सख्यामा साईकल र मोटरसाइकलमा लोड गरि रातिको १२ बजे देखि ४ बजे सम्म भारतको बिहारवाट ल्याई ईनार्वा गाऊमा रहेको एक तस्करको गोदामा स्टोक गरि पिकपमा लोड गरि नेपालको विभिन्न ठाऊहरुमा पैठाउने गरेको स्थानियहरुले बताएका छन्। यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यानको जान यति आवशयक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...