राजश्व छालिमा तिब्रता रातभरी लत्ताकपडा ,जुत्ता चप्पल र भैसीको तस्करी

  • पुस २०, २०७९
  • ३८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

वीरगंज १९ मंगलबार पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट रङ्गा भैसीको व्यापक रुपमा तस्करी भईरहेको छ। सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिओपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राजश्व छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा ,हाडयेवर , जुत्ता चप्पल , गाई-भैसी, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताए । प्रसौनीका एक व्यापारीले दिन्हौ सयको सङ्ख्यामा भारतवाट नेपाल ल्याई वडाको सिफारिस ,भेटनरी र फर्म अनलाईन बिल कटाएर भैसीहरु नेपालको पोखरा पैठाउने गरेको स्थानियहरुले बताएका छन्। सिमानाकाम रहेका प्रहरीको संरक्षणमा रातभरी खेतको बाटो प्रयोग गर्दै भित्राएका गाई-भैसीहरुले किसानले लगाएको गहुबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी बिनय गुप्ताले गुनासो पोखे । सिमानाकामा रहेका सुरक्षाकर्मीहरुलाई भैसी तस्करले एक गोटा १ हजारको दरले दिने गरेको एक तस्करले जनाएका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति डिएसपी संतोष बस्नेतले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिओपीहरुले सिमानाका लाई कमाई खाने भाडो बनाई तस्करीलाई बाटो खुल्ला गरिदिएको नाम उल्लेख नगर्ने सर्तमा सशस्त्र प्रहरीका एक सिपाहीले बताए । यसरीनै आफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै आएका बिओपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै आवशयक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...