गरिब बिरामीको उपचार गर्न तलबबाट ५ हजार दिने: नगर प्रमुख पासमान

  • चैत २, २०७५
  • ५५१ पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा,  चैत २ । सिरहाको कर्जन्हामा रहेको फु.कु.म.मे. अस्पतालमा आजबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सुरु भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कर्जन्हाका नगर प्रमुख गंगा पासमानले आफ्नो तलबबाट प्रत्येक महिनामा ५ हजार रुपैया गरिब दलित असहाय तथा अपांगको उपचारका लागि फु.कु.म.मे. हस्पिटलमा कोष खडा गरि रकम दिने घोषना गरेको हो । नगरवासिलाई स्वस्थ्य राख्न नगरपालिका बाट कुनै कमजोरी नहुने तथा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम छिटै आउने बताएका छन् । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम यहाँका जनताका लागि अत्यन्तै आवश्यक भएको र सुरक्षित सन्तानलाई जन्म दिनु सबैको अधिकार समेत भएको हुँदा यो कार्यक्रम लागू गरिएको नगर प्रमुख पासवानले बताए । फु.कु.म.मे. हस्पिटल कर्जन्हामा भर्ना रहेका सबै बिरामीहरुलाई भेट गर्दै उपचारमा के कस्तो समस्या रहेको बुझदै फ्रिटि समेत उनले बितरण समेत गरेको हो । निःशुल्क भन्दा गुणस्तरीय उपचार दिनु अहिलेको आवश्यकता भएको फु.कु.म.मे. हस्पिटल कर्जन्हाका मेडिकल डाइरेक्टर डा. शिवसंकर साहले बताए । कर्जन्हामा रहेको फु.कु.म.मे. हस्पिटलले नगरवासि लगायत सबै स्थानका अनेक प्रकारका बिरामीलाई सेवा दिन तत्पर रहेको उनले बताए । &nbsp फु.कु.म.मे. हस्पिटल कर्जन्हाका मेडिकल डाइरेक्टर डा. शिवसंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्जन्हाका नगर प्रमुख गंगा पासमान अतिथिको रुपमा कर्जन्हा नगरपालिकाको वडा अध्यक्ष लगायत विभिन्न व्यक्तिकोहरुको उपस्थिति रहेको थियो ।

 

 
 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...