जसपाको रौतहट जिल्ला सचिव यादव आम जनता पार्टीमा प्रवेश

  • पुस १९, २०७९
  • ३८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ। जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपा अध्यक्ष प्रभु साहको निवासमा यादवलाई साहले माला लगाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका हुन् । यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो । हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको बेला जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अधिकांश जिल्ला सदस्य सहित प्रभु नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा प्रवेश गरेका थिए । गत विहीबार मात्र स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री प्रभु साहले आम जनता पार्टी गठन गरेका थिए । पार्टी घोषणासंगै साहले पार्टीको संगठन विस्तार अगाडि बढाएका छन् । पार्टी गठन घोषणाकै दिन प्रदेशको अध्यक्ष र ईन्चार्ज तथा जनवर्गीय संगठन र विभाग प्रमुखहरुको चयन गरेको थिए । आज अध्यक्ष साहले सर्कुलर जारी गरि मधेश प्रदेशका आठ वटै जिल्लाको अध्यक्ष, सचिव र ईन्चार्जको जिम्मेवारी तोकेको छ । जसपाका तत्कालीन जिल्ला अध्यक्ष पटेलले आजपा जिल्ला अध्यक्षको जिम्मेवारी पाएकै दिन जसपाका बहालबाला जिल्ला सचिव आजपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...