ओलीको नेतृत्वमा एमाले अनैतिकताको भद्दा नमुना बन्यो: प्रभु साह

  • पुस १५, २०७९
  • १७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 गौर । पूर्वमन्त्री प्रभु साहले नेकपा एमाले अनैतिकताको भद्दा नमुना रहेको बताएको छन् । रौतहटको चन्द्रपुरमा आयोजित कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै पूर्वमन्त्री साहले निर्वाचनमा प्राप्त जनमतको अपमान गर्दै एमालेले सत्ता साझेदारीको गलत नीति अवलम्बन गरेको बताए । हालै सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध मत मागेर अहिले काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न तल्लीन हुनु एमालेको दोहोरो चरित्र भएको पूर्वमन्त्री साहको भनाई छ । एमाले आफै सरकारमा हुँदा नागरिकता विद्येयक ल्याएको तर सत्ता गठबन्धनले ल्याउदा राष्ट्रपतिको प्रयोग गरी रोक्ने, रेशम चौधरीलाई जेलमुक्त गराउन आफै मरिहत्ते गर्ने अरुले छुटाउन खोज्दा विरोध गर्ने, पार्टी सचिवालयबाट एकदिन कारवाही गरेर सांसद बन्न नदिने अर्को दिन फेरी त्यही व्यक्तिको नाम सिफारिस गर्ने जस्ता कार्य गरेर ओलीले विश्व राजनीतिक वृतमा एमालेलाई अनैतिक एवम् अलोकतान्त्रिक दलको रुपमा परिभाषित गरेको पूर्वमन्त्री साहको भनाई छ । "तपाईहरु हेर्दै आउनुभएको विषय हो कि कसरी केपी ओलीले टिकापुर घटना राजनीतिक मुद्दा भएको भन्दै रेशम चौधरीलाई रिहाइका लागि मरिहत्ते गरेको थियो तर आज सत्ता गठबन्धनले छुटाउन खोज्दा त्यसको विरोध गर्दैछन् । विगतमा आफैले नागरिकता विद्येयक ल्याएको ओलीले त्यसलाई रोक्न पुरै ताकत लगाएका थिए र रोकेरै छाडे । दुई दिन अगाडि पार्टीको सचिवालय बैठक बसेर कारवाही गरेको व्यक्तिलाई फेरी सांसद बनाए ।" पूर्वमन्त्री साहले भने, "त्यति मात्र हो हालै सम्पन्न निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध चुनाव लडेर अहिले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तल्लीन छ । प्रतिपक्षमा बस्न भनी निर्वाचनबाट प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भुमिका निर्वाह गर्नुको सट्टा जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्ताको नेतृत्व दिने काम ओलीको अनैतिकताको पराकाष्टा हो । ओलीले आफ्नो कुकर्मका कारण विश्व राजनीतिक वृतमा एमालेलाई अनैतिक र अलोकतान्त्रिक ट्याग लगाएको छ ।" "गत निर्वाचनमा १२१ सिट जितेको र पार्टी फुट्दा समेत झण्डे १ सय सिटको हाराहारी रहेको एमाले आज कुन अवस्थामा पुगेको छ । नाकाबन्दीको विरोध र राष्ट्रियताको रक्षा गर्ने ढोंग गरेर एउटा छवि बनाएको एमाले यस निर्वाचनमा गरेको गठबन्धनबाट जनतासमक्ष नांगिएको छ । एकातिर नाकाबन्दीको विरोध गर्ने अर्कोतिर नाकाबन्दीका नाइके जसपासँग गठबन्धन गर्ने, एकातिर गणतन्त्रको वकालत गर्ने अर्कोतिर राजावादीहरुसँग गठबन्धन गर्ने, एकातिर धर्म संस्कृतको रक्षा गर्छौ भन्ने अर्कोतिर एकनाथ ढकाललाई सांसद बनाउनेजस्ता अनैतिक कर्महरु एमालेले गरेको सर्वविदितै छ ।" पूर्वमन्त्री साहले थपे, "अस्तिसम्म कांग्रेसलाई तथानाम गाली गरेर अहिले लाज पचाएर त्यही मुख्य प्रतिस्पर्धी कांग्रेसलाई सरकार बनाउन समर्थन गर्ने कार्य थाल्नु अनैतिकताको भद्दा खेल हो । जनताले एमाले चरित्र बुझ्न जरुरी छ । " पूर्वमन्त्री साहले हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिइ रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका थिए । एमालेका स्थायी कमिटि सदस्यसमेत त्यागेर एमालेको टिकट लत्याएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले मधेशभर आफ्नो प्यानलबाट दर्जनौ उम्मेदवारहरुलाई निर्वाचनमा उतारेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...