आरोपै आरोप लागेका साह मन्त्रालयको सचीवमा सिफारिस

  • मंसिर २६, २०७९
  • ४३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौँ । सरकारले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको थियो यद्यपि साहलाई निजामतीमा भ्रस्टाचारका शिरोमणिका रूपमा मात्रै हेरिदैन । छ महिना जेल जीवन बिताएर पनि सचिब हुने भाग्यमानी कर्मचारीका रूपमा चित्रण गरिएको छ। यिनलाई नापतौल बिभागमा कार्यरत रहदा एक महिला कर्मचारीलाई जवर्जस्ती गरेको आरोप समेत लागेको थियो यस्तो अतित बोकेका साहको सचिब बढुवा सगै निजामती र प्राबिधिक प्रशासन क्षेत्र भित्र खैल्लाबैला मच्चिएको छ।सामान्य गाउपालिकामा समेत सचिबमा फिट नहुने यस्ता पात्र कसरी भए मन्त्रालयका सचिब प्रश्नै प्रश्न उब्जिएको छ। बिज्ञान मन्त्रालयमा कार्यरत साह दिनभर कार्यलयमा भिटिदैनथे भेटिहाले कहिले चुरोट खाएर बस्थे कहिले खैनी मोलेर बस्थे यस्ता पृष्ठभुमिका सहसचिब साह सचिब भएपछि के गर्लान प्रतीक्षाको बिषय भएको छ। यसैबीच शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो । स: सम्पत्ति न्युज

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...