एमालेलाई जनताले सबक सिकाउँने छन् ः मन्त्री मेटमणि चौधरी

  • कार्तिक १५, २०७९
  • ३६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कार्तिक १५, दाङ । नेकपा (एकीकृत समाजवादी)का पोलिट्व्यूरो सदस्य एवं दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई सबक सिकाउँने बताउँनुभएको छ । पाँच दलीय गठबन्धनका कार्यकर्ता भेलालाई कालाकाँटेमा सम्बोधन गर्दै सहरी विकास मन्त्री समेत रहनुभएका मन्त्री चौधरीले जनताले विकास र सम्बृद्धिको चाहनाका कारण तत्कालीन नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएको तर केपी ओलीले जनतामाथि कुठाराघात गरेको बताउँनुभयो । एक्काइसौं शताब्दीका जनतालाई झुक्याउन नसकिने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘केपी ओलीले सुखी नेपाली र समृद्ध नेपालको गीत गाएर जनता अल्मल्याउने काम गरे । शान्ति र संविधानमाथि पटक पटक तरवार प्रहार गरे । उनले सर्वाेच्च अदालतको फैसला समेतलाई लत्याउने चेष्टा गरे । त्यसकारण मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई सबक सिकाउँने छन् ।’ संविधानको रक्षा, कानुनी राज्यको ग्यारेन्टी, विकास र संवृद्धिका लागि नै गठबन्धन बनेको बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘यो गठबन्धन देशको विषम परिस्थितिका कारण बनेको हो । यो गठबन्धन मुलुक जोगाउँन बनेको हो । समावेशी संविधानको रक्षा गर्दै मुलुकलाई विकासको दिशातर्फ लैजान गठबन्धन बनेको हो । तसर्थ तपाईंहरु जनतालाई निर्धक्क यो कुरा बुझाउँनुस् ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपाली, नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, शुशिला चौधरी लगायतले गठबन्धनका पक्षमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...