धनुषाकी रश्मीले पाइन् अमेरिकामा विशेष अवार्ड

  • कार्तिक २०, २०७६
  • २०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं,कार्तिक २० गते। नेपाली चेली डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा प्रदान गरिने एउटा अवार्डबाट सम्मानित भएकी छिन् ।रश्मीले नासाद्वारा प्रदान गरिने ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’ प्राप्त गरेकी हुन् ।नेपालको धनुषा जिल्लाकी रश्मी नासाको जेट प्रोपल्सन ल्याबरोटरी (जेपीएल)मा रिसर्च टेक्नोलोजिस्टको रुपमा कार्यरत छिन् ।

 

रश्मीले सन् २०१४ मा अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा आफ्नो पीएचडी पूरा गरेकी थिइन् ।रश्मीले माटोको आद्रता, आद्रभूमि, हिउँको गहिराई र समुद्र सतहको गुणको मापन गर्ने अभियानमा विशेष योगदान दिएको भन्दै नासाले उक्त अवार्ड प्रदान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...