बिजय गच्छदार र सरिता गिरि सहित ९ जना विरुद्ध उम्मेदवारी खारेजको माँग गर्दै सर्बोच्चमा रिट

  • आश्विन २७, २०७९
  • २४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२७ असोज, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो । सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशी भ्रष्ट्रचार मुद्दा खेपिरहेका छन् । त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख गरिएको छ । त्यस्तै रौतहट – ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको पनि रिटमा उल्लेख छ । त्यस्तै नेता सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेका रिट निवेदक आचार्यले उल्लेख गरेका छन् ।उनले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको उल्लेख गरेका छन् । कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको माग गरिएको छ । यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...