पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

  • आश्विन १७, २०७९
  • ४८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रेमचन्द्र झा,गाैर ।नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ । दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको शोक सभामा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , पुर्व अध्यक्ष रविन्द्र साह,काेषाध्यक्ष धर्मेन्द्र साह,वरिष्ठ पत्रकार प्रभात कुमार झा,पुर्व उपाध्यक्ष जयप्रकाश प्रसाद यादव,पत्रकार संजय कुमार मिश्र , राकेश कुमार यादव , अभिमन्यु पटेल, अरविन्द यादव , दिपक श्रीवास्तव र हनुमत यादव लगायतका पत्रकारले स्वर्गीय मण्डलको तस्बिरमा फुलमाला चढाई श्रदाञ्जली अर्पण गर्नु भयाे ।साे अवसरमा स्वर्गीय पत्रकार रविन्द्र मण्डलले राैतहटको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको ठुलो योगदान सधै स्मरणीय रहने उपस्थित पत्रकारहरुले बताएका छन ।स्वर्गीय मण्डलको यही अशाेज ५ गते प्रदेशिक अस्पताल गाैरमा उपचारको क्रममा मृत्यु भएको थियाे ।माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहनु भएका मण्डल कार्यालयकाे कामले काठमाण्डाैबाट घर फर्किने क्रममा २०७६ साल साउन ३१ गते गम्भीर घाईते हुनु भएको थियो । सोही बखत देखि उपचार हुने तर सुधार न हुने निकै गम्भीर तथा कष्टकर अवस्थामा जीवन व्यतीत भई रहेको थियो । स्वर्गिय मण्डलको दुई छाेरा , तीन छाेरी र पत्नी हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...