सिरहामा अनेरास्ववियूको ५१ सदस्यीय समिति चयन

  • असोज ९, २०७९
  • ६९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । नेकपा ( एकीकृत समाजवादी ) पार्टीको जनवर्गीय संगठन अनेरास्ववियूले अध्यक्षमा सुरेश यादव सहित सिरहामा ५१ सदस्यीय समिति चयन गरेको छ । अनेरास्ववियु सिरहाले आफना १८ औं जिल्ला सम्मेलन भब्यताका साथ सप्पन्न गर्दै ५१ सदस्यीय समिति चयन गरेको हो । अनेरास्ववियुको केन्द्रिय समिति महासचिव आरती लामाको प्रमुख आतिथ्य तथा सुधन कुसियैतको अध्यक्षतामा समपन्न सो कार्यक्रममा बिशिस्ट अतिथि पार्टी जिल्ला अध्यक्ष तथा मधेस प्रदेश साँसद प्रमोद यादव केन्द्रिय कमिटी सद्स्य तथा जिल्ला सह-इन्चार्ज सत्यनारायण यादव , बिशिस्ट अतिथि राम दयाल महतोको उपस्थिति रहेको थियो । अनेरास्ववियूको जिल्ला पदमा सर्वसम्मत चयन हुनुभएकोमा क. सुरेश कुमार यादव र उपाध्यक्ष क. शैलेन्द्र कुमार यादव सचीवमा नइम राइन लगायत नवनिर्वाचित पदाधिकारी तथा सद्स्यहरुलाई पार्टी नेताहरु लगायत जिल्ला युवा संघका उपाध्यक्ष महेश यादवले शुभकामना ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...