ताजिया दाहा मेला शुरु स्थानीयमा खुशीयाली

  • असोज ४, २०७९
  • ८३९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स समाचारदाता । असाेज ४ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा मुस्लिम समुदायको ताजीया मेला महोत्सव शुरु भएको छ । मुस्लिम धर्मको लागि आफ्ना ज्यान आहुती दिने हजरत हसन र हजरत हुसेनको संझनामा ताजीया मेलाको आयोजना गरिएको मेला आयोजक कमिटीका रहमुल राईनले जानकारी दिए । उत्तर दक्षिण लोकहा भगवानपुर सडकको सखुवा नन्कारकट्टी गाउपालिकाको खैरबोना चोकमा बनाइएको दाहा ताजीया मेलाको उद्घाघाटन पालिका अध्यक्ष केदार नाथ यादबले गर्नु भएको थियो । मधेश मिडिया मिसनको नौलो कार्यक्रमका प्रस्तोता तथा वरिष्ट पत्रकार रहमुल राईनको संयोजकत्वमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष केदार नाथ यादबले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा अथितिहरू दिनेस्वर प्रसाद गुप्ता, मनोज बनैता, महेश सिंह, सम्भु चौधरी, सन्तोष बराइली,लगायतको सहभागितामा आयोजित कार्यक्रममा मुस्लिम समुदायका युवाहरुले आ आफनो कला प्रदर्शन गरेका थिए । कार्यक्रम स्थलमा बाजाको तालमा युवाहरुले आफ्ना कला प्रदर्शन गर्दा दर्शकको ठूलो भीड लागेको थियो । संक्षिप्त कुराकानीमा आत्म रक्षाको लागि यो पर्व मनाउने गरिन्छ साथै लगातार चार दिनसम्म मेला जारी रहने ताजिया मेला कमिटीका रहमुलले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...