ताजिया दाहा मेला शुरु स्थानीयमा खुशीयाली

  • आश्विन ४, २०७९
  • ५९० पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स समाचारदाता । असाेज ४ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा मुस्लिम समुदायको ताजीया मेला महोत्सव शुरु भएको छ । मुस्लिम धर्मको लागि आफ्ना ज्यान आहुती दिने हजरत हसन र हजरत हुसेनको संझनामा ताजीया मेलाको आयोजना गरिएको मेला आयोजक कमिटीका रहमुल राईनले जानकारी दिए । उत्तर दक्षिण लोकहा भगवानपुर सडकको सखुवा नन्कारकट्टी गाउपालिकाको खैरबोना चोकमा बनाइएको दाहा ताजीया मेलाको उद्घाघाटन पालिका अध्यक्ष केदार नाथ यादबले गर्नु भएको थियो । मधेश मिडिया मिसनको नौलो कार्यक्रमका प्रस्तोता तथा वरिष्ट पत्रकार रहमुल राईनको संयोजकत्वमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष केदार नाथ यादबले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा अथितिहरू दिनेस्वर प्रसाद गुप्ता, मनोज बनैता, महेश सिंह, सम्भु चौधरी, सन्तोष बराइली,लगायतको सहभागितामा आयोजित कार्यक्रममा मुस्लिम समुदायका युवाहरुले आ आफनो कला प्रदर्शन गरेका थिए । कार्यक्रम स्थलमा बाजाको तालमा युवाहरुले आफ्ना कला प्रदर्शन गर्दा दर्शकको ठूलो भीड लागेको थियो । संक्षिप्त कुराकानीमा आत्म रक्षाको लागि यो पर्व मनाउने गरिन्छ साथै लगातार चार दिनसम्म मेला जारी रहने ताजिया मेला कमिटीका रहमुलले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...