पर्यावरण जोगाउन कर्जन्हामा नियमित आन्दोलन

  • आश्विन ४, २०७९
  • १५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता । सिरहाको कर्जन्हा नगरपालिकामा अवैध कमला नदि उत्खनन् ग्रावेल चोरी निकासी बन्द हुनुपर्ने भन्दै संयूक्त सर्वदलिय संघर्ष समिति कर्जन्हाले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसान आन्दोलन जिन्दावाद मुलनारा सहित पर्यावरण बचाउँ अभियानमा लागेका नेतृत्वहरुलाई कर्जन्हा नगरपालिकाको किसान, यूवा, विद्यार्थी, समाजसेवी राजनीतिकर्मी लगायतका आम जनसमुदायहरुको साथ रहेको छ भने कर्जन्हा नगरपालिकाको विभिन्न स्थानहरुमा नाराका साथ र्याली निकाल्दै चर्को बिरोधमा उत्रिएका छन् । ग्राबेल, ढँुगा, अबैध चोरी निकासी बन्द हुनुपर्ने, बेचन शर्माको स्टोेकको उचित छानबिन र नियन्त्रण हुनुपर्ने, बाह्रै महिना कमला उत्तरवाहिनी नहर संचालन हुनुपर्ने, कमला ठेक्का बन्द हुनुपर्ने र कमला उत्खन्न बन्द हुनुपर्ने लगायतका विभिन्न मागहरु लिएर आफुहरु पटक पटक शान्तिपुर्ण आन्दोलन गरेपनि हाम्रो आन्दोलनको वेवास्ता गरेको संयूक्त सर्वदलिय संघर्ष समिति कर्जन्हाको संयोजक प्रभात महतोले रेडियो गंगाजललाई जानकारी दिए । आफुहरुको जायज मागको कुनै प्रकारले सम्बोधन गर्ने मनसायमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल नरहेकोले आफुहरु शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने मंगलबार कोन सभालाई सम्बोधन गर्दै वक्ताहरुले बताए । विभिन्न चरणको शान्तिपुर्ण आन्दोलनका क्रममा मंगलबार कर्जन्हा नगरपालिकाको कार्यालय अगाडिनै चर्को घाममा अभियानीहरु माग सम्बोधन हुनुपर्ने माग राख्दा पनि नसुनेझै गरेकोले असोज ८ गते कर्जन्हा नगरपालिकाको बन्दिपुरमा थप आन्दोलनका कार्यक्रमहरु तय हुने र आन्दोलनमा हुने सबै क्षतिको जिम्मेवार समेत कर्जन्हा नगरपालिकाको प्रतिनिधीहरुले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...