'सबै नीतिको मूलनीति राजनीतिलाई शुद्ध गरौ'

  • आश्विन ३, २०७९
  • १८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जीबछ उदासी लहान,असोज ३ गते हरेक नीतिको मूल नीति राजनीतिलाई स्वच्छ नबनाएसम्म समाजमा समृद्धि र न्यायको अनुभूति हुन सक्दैन । मंसिर ४ गतेको निर्वाचन जनताको भावना बुझ्न सक्ने र विकासको सपना साकार पार्ने योजना भएको नेताले जित्नुपर्छ । बिभिन्न सहाबका पगरीधारीहरुले पञ्चायत हाक्यो,बहुदल आएपनि अवसर पायो । अहिले हामी शिशु गणतान्त्रिक-लोकतान्त्रिक व्यवस्थामा छौ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । हरेक प्रणालीको गुण र दोष हुन्छ । लोकतन्त्रलाई पनि परिस्कृत हुन समय त लाग्छ तर डिजिटल युगमा छोटो समयमा देखिएका दोषहरु हट्नुपर्छ । राजनीतिलाई शुद्धिकरण गर्न विचारको आधारमा दलहरुले नेता चुन्नुपर्छ । घोषणापत्रलाई पढेर मतदान गर्नुपर्छ । अहिलेसम्म न दलहरु दर्शन र विचारको आधारमा हिडन सकेको छ । न घोषणापत्रको आधारमा मतदाता मताधिकारको प्रयोग गर्छ । नेताको चयन उम्मेदवारको चयन मसल मनि धर्म जातिको आधारमा भइरहेको छ । यसले समाजको परिवर्तन संभव छैन । राजनीति सुन र हिराको व्यापार भएको छ । एक लाख लगानी गर्नु पाँच लाख कमाइ गर्नु । यसले गरीव झन् गरीब धनि झन् धनि भइरहेको छ । फेरि हरेक दलले समाजवादको रटान गर्छ । गर्नु पनि स्वभाविकै हो । संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख भनिएको छ । तर,समाजवादको आधारस्तम्भ के के हुन् ? यसबारे खोजी गर्दैन। नीतिलाई व्यवहारमा उतार्ने काम गरेको छैन् । हरेक संघीय क्षेत्रमा रहेको दुई प्रदेशसभा सदस्य र पालिकाहरुको बजेटलाई जोडदा प्रत्येक वर्ष अर्बमा वजेट आउँछन तर, काम करोडमा पनि भएको छैन । अहिलेसम्म भ्रष्टाचार गर्ने र कमिसन खाने प्रतियोगिता भयो तर इमानदारी र सदाचारको प्रतियोगिता हुन सकेन । कमिसनतन्त्रले लोकतन्त्रको गाला रेटिरहेको छ । पाँच वर्षमा हुने आवधिक निर्वाचनको बेला यसबारे मतदाताहरु सचेत हुन जरुरी छ । चुनावी प्रणालीमा यति विकृति छ कि उम्मेदबार हुन पैसा हुनेलाई प्राथमिकतामा राख्ने दलहरुको नियत बनिसकेको छ । दारु भारुको प्रयोग गरेर गरीव दलितको मत खरिद गर्न कुन बस्ती कतिमा खरिद गर्ने र खरिद गर्न सक्ने उम्मेदबार को फिट हुने यहि रबैयाले अर्बमा प्रत्येक निर्वाचन क्षेत्रमा आउने बजेट खर्च गरेर जित्ने दलीय नेता भ्रष्ट कर्मचारीतन्त्र र इमान गुमाएका उपभोगता समितिले संस्थागत भ्रष्टाचार गरेको कारण हाम्रो देश प्रदेश र समाजको विकास रुकेको छ । खासगरी मधेस प्रदेश यसको शिकार भएको छ । मधेश प्रदेशमा त कमिसन पहिले नै बुझाएर बजेट दिइने,लाखौंमा सिंगार्न सक्ने पोखरीमा करोडौ खर्चिने 'मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ' पवित्र कार्यक्रम अन्तर्गत वितरण गरिएको साइकलमा भएको कमिसनले त झन् यस प्रदेशमा भ्रष्टाचालाई संस्थागत गरियो । शिक्षा,स्वास्थ्यमा त्यहि रबैया छ । कृषि आत्मनिर्भर हुन सकेन ।२०७२ को संविधानको प्रस्तावना र मौलिक हकको रुपमा रहेको धाराहरुलाई व्यवहारमा लागु गरेको भए देश र प्रदेशमा समाजवादको प्रत्याभुति जनताले गरि सकेको हुन्थ्यो । तसर्थ मंसिर ४ गतेको चुनावमा संविधानको भावना अनुसार काम गर्न सक्ने उम्मेदवारको चयन गरौ ना कि पुरानो गन्हाएका उम्मेदवारहरुलाई नै । हरेक दलमा उम्मेदवारको चयन गर्न नयाँ अनुहार र परिवर्तनकारी व्यवहार देखाउनेलाई टिकट दिन दबाब सृजना गरौ । किन गठबन्धन के को लागि गठबन्धन ?न्यायपालिकालाई तहस नहस गर्न,राष्ट्घाति एमसिसि र एसपीपी सम्झौता गर्न । हरेक दल आफ्नो दलीय दर्शनको आधारमा चुनावमा जाउ। चुनाव निष्पक्ष हुने वातावरण बनाउ । शेर बाहादुर देउवाको नेतथत्वमा गठबन्धन सरकार बनेपछि जनताले के पायो केपी ओलीको नेतृत्वमा सरकार रहँदा कति काम भयो? फरक छुट्याउन आवश्यक छ । राष्ट्रियता र समृद्धिको यात्रामा अघि बढिरहेको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कति क्षति पुरयाउनुभयो ? चुनावको मुखमा मतदाताहरुले खोजीनीति गरेर मतदान गर्न आवश्यक छ । आज संविधान दिवसको दिन संविधानको मूल आत्मामा ठेस पुर्याउने भ्रष्टाचार नै हो । सेन्टिमेन्टमा बहकिएर हुँदैन । संविधानको मर्म भावना नै मजबुत राष्ट्रियता,समृद्धि विकास र सामाजिक न्याय तमाम विभेदको अन्त्य र समाजवादको दिशामा अघि बढ्नु हो र मूल नीति राजनीतिलाई शुद्धिकरण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...