म्याद सकिएको दालमोठ बेच्दै गरेको महाबिर फुड प्रोडक्ट चोहर्वाको संचालकलाई कार्यबाही होस

  • आश्विन ३, २०७९
  • ७९५ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा,२ असोज । सिरहा नगरपालिका-७ हेमनारायण चौक स्थित संचालित श्रवण किराना पसलमा म्याद सकिएको दालमोठ फेला परेको छ । हेमनारायण चौकमै बस्दै आएका अजित शर्माले श्रवण किराना पसलबाट खरिद गरेको दालमोठको प्याकेट फुटाउदा म्याद सकिएको रहस्य खुल्यो । शर्माले महावीर फुड्स प्रोड्क्टर चोहर्वा सिरहाले उत्पादन गरेको शुभाषिश ब्राण्डको दालमोठ खरिद गरि ल्याएको थियो । ‘जहिले पनि थोकमै दालमोठ किन्दै आएको छु । ४ वटा ठुलो प्याकेट खरिद गरी ल्याए । सोही दिन साँझ नास्ता खाने बेलामा प्याकेट फुटाएर खाँदा अर्कै स्वाद लाग्यो,’ शर्माले भने, ‘अरु दिन भन्दा अर्कै स्वाद लागेपछि चेक गर्दै जाँदा २०१९ लेखिएको म्यादलाई मेटाएर २०२२ को स्टाम्प लागेको देखियो ।’ म्याद सकिएको दालमोठ वडा प्रहरी कार्यालयका प्रमुख राजेश यादवले लगीएको शर्माले बताए । लगीएको करिब महिना दिन हुन लाग्यो तर कारवाही के भयो ? छानविन भयो कि भएन ? आफुलाई केही जानकारी नआएको उनले थपे । सिरहाको चोहर्वामा संचालित महावीर फुड्स प्रोड्क्टरले उत्पादन गर्दै आएको शुभाषिश ब्राण्डको दालमोठ केही हप्ता अघि मात्र थोकमा खरिद गरेको श्रवण किराना पसलका संचालक श्रवण साहले बताए । ‘हामी थोकमा किन्छौं । बाहिरी भागमा म्याद देखिदैन्,’उनले भने,‘भित्र के थियो । त्यति बिचार गरिएन थोकमै बेचियो । म्याद सकिएको दालमोठ परेछ भन्ने कुरा पछि बुझियौं ।’ उनका अनुसार दालमोठ वडा प्रहरीको जिम्मा लगायौं । त्यसपछि के के भयो आफुलाई केही जानकारी नभएको उनले थपे । म्याद सकिएको दालमोठ उपभोक्ता र किराना पसलबाट ल्याई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख राजेश यादवले बताए । ‘जानकारी पाए पछि म्याद सकिएको दालमोठ हामीले बुझायौं । हाम्रो काम बुझाउने हो,’उनले थप्दै भने,‘त्यसबारे थप के भयो भएन् । त्यो सबै कुरा जिल्ला प्रहरीलाई मात्रै थाहा होला । हामीलाई केही थाहा भएन् ।’ म्याद सकिएको दालमोठ फेला परेको घटनाक्रमबारे बुझ्न सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहलाई दर्जनौं पटक फोन गर्दा उनको फोन उठेन् । दालमोठ मात्र नभई यसरी सिरहा बजारमा म्याद सकिएको दैनिक उपभोगका सरसमान फेला परिरहन्छ तर सरोकारवाला निकायले छानविन गरी कारवाही गर्नुको साटो भित्र-भित्रै कुरा बुझेर बुझ पचाउ बन्दै आएको उपभोक्ताहरुले गुनासो गरेका छन् । म्याद सकिएको सरसमान फेला पर्दा घटना मिलाउनका लागि केही सरोवारवालाले सम्बन्धित संचालकसँग नजराना समेत लिने गरेको उनीहरुको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...