सिरहामा रुखमा झुन्डिएको अबस्थामा एक शस्त्रको शब फेला

  • भदौ ३१, २०७९
  • ४६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ३१ भाद्र। सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षिय गिरिजानारायण श्रेष्ठको शव फेला परेको हो। घटनाबारे पुष्टिगर्दै सशस्त्र प्रहरीबल ७ नम्वर गण हेडक्वार प्रमुख एसपी रमेश थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाईसकेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्यभईरहेको भन्दै अनुसन्धान सुरुभईसकेको बताए। उनले विहान ६ः२५ बजेको समयमा घटना भएको र घटनाको प्रकृति मुचुल्का र अनुसन्धानका लागि प्रहरी खटिसकेको जनाए। विहान साथीहरुसँगै टिउटिकालागि निस्केका उनी सौचकोलागि जान्छुभन्दै निस्केको बताइएपनि घटनाबारे प्रहरीले अनुसन्धान भईरकेकोमात्र बताएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...